भर्खरै :

गिट्टी कुट्नेका सन्तान

गिट्टी कुट्नेका सन्तान

लघु कथा

हिजो बसस्टपमा हामी गिट्टी कुट्नेका भिखारी सन्तान रे । तँैेलै न हामीले जस्तो राम्रो लुगा र जुत्तामा लाउन सकिस् ? त्यहीँ च्याटेको, मैलो लुगा र फाटेको चप्पल लगाएकी छेस् । तिमीहरू सरकारी स्कूलमा पढ्ने हौ ? तिम्रो स्कूल र स्कूलका शिक्षकहरू न राम्रोसित पढाउँछन् न समयमा स्कूलमा आउँछन् । विभिन्न बहानामा टाप कस्ने त हुन् नि, न तिनका सन्तान त्यहाँ पढाउँछन् नै । तिनीहरूका सन्तान पनि हाम्रोजस्तो राम्रो लुगा र जुत्ता लगाउने, राम्रो पढाउने बोर्डिङ स्कूलमा पढाउने हो बुझिस् ।
मलाई ती शोषक, भ्रष्टाचारी, धनीका सन्तानले आफू बोर्डिङमा पढ्ने विद्यार्थी र म सरकारी स्कूलमा पढ्ने भिखारीका सन्तान भनेर होच्याएर बोले । मैले पनि त्यो अपमानलाई सहेर बस्न सकिनँ । मैले पनि त्यसलाई मुखभरिको जवाफ दिएँ, “मेरा आमाबुबाले गिट्टी कुटेर इमानका साथ मेहनत गरेर, पसिना बगाएर मलाई यति भए पनि सकीनसकी पढाउनुभएको छ । न हाम्रो घर छ न त जग्गा नै छ । तिमीहरूका जस्ता मेरा आमाबुबा विदेशीको नुन खाएका, भ्रष्टाचारी, शोषक, सामन्त, जालीफटाहा, धनी होइनन् क्यारे । मेरा आमाबुबाले गिट्टी कुट्नुहुन्छ । मेरा आमाबुबाले इमान बेच्नुहुन्न । बरु, गरिबी सहिन्छ, अभाव भोगिन्छ तर, देश चुस्ने, बेच्ने गर्नुहुन्न । आवश्यक परे देशको लागि भीमसेन थापा र भक्ति थापाले जस्तो, तराईका सिमानाका हाम्रा नेपाली दाजुभाइ दिदी बहिनीले जस्तो ज्यान दिन तयार हुनुहुन्छ । मेरा आमाबुबाबाट मैले यहीँ देशभक्ति भावना सिकेकी छु । यसैमा मलाई गर्व छ । छि ! तेरो भ्रष्ट, शोषक, सामन्त, जालीफटाहा, विदेशीले पालिएका धनी आमाबुबालाई धिक्कार छ । अनि तेरो नोटको बिटो बुझाउन सक्नेलाई मात्र पढाउने, स्कूल होइन । विदेश पठाउने बोर्डिङ स्कूललाई पनि धिक्कार छ । हाम्रो विद्यालय तेरो स्कूलजस्तो होइन बुझिस् ?
तिनलाई तिनका स्कूलका चिल्ला गाडी लिन आए र उनी त फनक्क पिठ्युँ फर्काएर आँखा तरेर हुइँके ।
तिमी मलाई हाम्रो विद्यालयमा सँगै जान लिन आयौ । तिनले थुतुनो चलाएजस्तो हाम्रो सरकारी विद्यालय र हाम्रा गुरुबा, गुरुआमाहरू त्यस्ता हुनुहुन्न होइन र ! ? सबै देशभक्त, मेहनती र राम्रा नै छन् । यिनीहरू पढेर देशलाई घात गरेर विदेशमा पढ्न जाने र त्यहीँ बस्ने त हुन् नि । देशलाई माया गर्ने, बनाउने र बचाउने भनेको हामीजस्ता सरकारी विद्यालयमा पढ्ने भिखारी, दरिद्रका सन्तान नै हुन् नि होइन र ! ?
ती साथी किसानकी छोरीले उनको कुरा सुनेर गौरव गर्दै भनिन, “साथी तिमीले ठीक भन्यौ, जस्तालाई तस्तै ढिँडालाई निस्तै । यिनीहरू देशभरका बहुमत हामीजस्ता सन्तान, विद्यार्थीहरूलाई यसरी नै हेप्ने वर्ग चरित्रका हुन् । हामीजस्ता बहुमत मजदुर, किसानका सन्तान शिक्षित नभएसम्म देश शिक्षित, सम्पन्न हुनै सक्दैन । छिमेकी मित्र देश चीन, उत्तर कोरियालाई हेर्नुस् न । त्यहाँजस्तो हाम्रो देशमा पनि राम्रो, गतिलो सरकार भइदिएको भए हामीले पनि पढ्ने समान अवसर पाउने थियौँ । यहाँ हामीलाई त्यसरी पढ्न, सिक्न आजसम्मका कम्युनिस्ट भनिएका सरकारले समेत बञ्चित ग¥यो । यिनीहरूले त हामीलाई भारी बोक्ने भरिया, ज्यामी बनाउने हुन् । हामीलाई कहिल्यै पनि मालिक र शासक बन्न दिँदैनन् । त्यसको लागि हामीले मेहेनत गरेर पढ्नु र सङ्गठित भएर लड्नुपर्छ । अनि उनीहरूले त्यसरी हेप्न सक्ने छैनन् । विद्यालय पनि आइपुग्यो, दुबै कक्षा कोठामा पढ्न गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *