भर्खरै :

युवा–विद्यार्थीले गराए सरकारको ध्यानाकर्षण !

युवा–विद्यार्थीले गराए सरकारको ध्यानाकर्षण !

भक्तपुर, २९ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, भक्तपुर जिल्ला समितिले एलपी ग्यासको सहज आपूर्ति, कालाबजारी तथा बढ्दो महँगी नियन्त्रण सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउन शुक्रबार नेक्रायुसङ्घ भक्तपुरका अध्यक्ष जगतराम धुख्वाको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझायो । ज्ञापनपत्रमा निम्न मागहरू समेटिएका छन् ः
१. खाना पकाउने एलपी ग्यासको नियमित, पर्याप्त, पारदर्शी र सहज आपूर्ति तत्काल सुनिश्चित गरियोस् ।
२. ग्यासको कालोबजारी, कृत्रिम अभाव तथा तोकिएको मूल्त्न्दा बढी मूल्य असुल्ने दोषीमाथि कडा कानुनी कारबाही गरियोस् ।
३. खाद्यान्न, तरकारी, इन्धनलगायत दैनिक उपभोग्य अत्यावश्यक वस्तुको अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गरियोस् ।
४. कालोबजारी, कृत्रिम अभाव र बिचौलियाको चलखेल नियन्त्रण गर्न नियमित, प्रभावकारी तथा परिणाममुखी बजार अनुगमन गरियोस् ।
५. अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित, प्रभावकारी र उपभोक्तामैत्री बनाइयोस् ।
६. नेपालका नदीनालाबाट सरकार आफैले विद्युत् उत्पादन गरी नेपाली जनतालाई सहुलियत मूल्यमा बिजुली उपलब्ध गराई खाना पकाउने ग्यास आयातमा भइरहेको व्यापारघाटा घटाइयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *