ऐतिहासिक खगां भैलः प्याखँ पुनर्जीवनका लागि आर्थिक सहयोग आह्वान
- श्रावण २९, २०८३
भक्तपुर, २९ साउन । भक्तपुर नगरको भ्रमणमा आएका इनोभेटिभ इ. स्कूल काठमाडौँका विद्यार्थी तथा शिक्षकहरूलाई भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्वागत गर्दै भक्तपुरको विषयमा जानकारी दिनुभयो ।
त्यसक्रममा वडाध्यक्ष ज्याख्वले भक्तपुर नगरपालिका क्षेत्रफलमा देशकै सानो पालिका भए पनि टोल–टोलमा सम्पदा र यससँग सम्बन्धित इतिहास, कला र संस्कृति भेटिने बताउनुभयो । पुर्खाले नासोको रूपमा छोडेर गएका भौतिक तथा अभौतिक सम्पदा र संस्कृतिलाई यहाँका अग्रजहरूले नयाँ पुस्तालाई क्रमशः हस्तान्तरण गर्दै जीवन्त पार्ने प्रयत्न भइरहेको चर्चा गर्दै उहाँले भक्तपुरलाई स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बनाई यहाँको आर्थिक र सामाजिक स्तरोन्नति गर्ने कार्य भइरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँले ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकमार्फत भक्तपुरको विकासको मार्गदर्शन पेस गर्नुभएको चर्चा गर्दै उहाँको परिकल्पनालाई भक्तपुरवासी जनताले आफ्नै सपनाको रूपमा लिएर एकताबद्ध भई सभ्य र सुसंस्कृत समाज निर्माणमा अघि बढिरहेको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले भक्तपुरको दरबार क्षेत्र, ङातापोल्हँ मन्दिर, दत्तात्रय क्षेत्र र तालाक्व क्षेत्रको ऐतिहासिक महत्वबारे उल्लेख गर्दै भक्तपुर नगरका हरेक गल्ली र चोकमा इतिहास र संस्कृतिबारे अध्ययन गर्न सकिने विशेषता रहेको बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक तस्निम मुजाहिदले हरेक वर्ष विद्यार्थीलाई भक्तपुरको अवलोकन भ्रमण गराउँदै आएको चर्चा गर्दै नयाँ पुस्ताले भक्तपुरको इतिहास र जीवन्त संस्कृतिबाट पाठ सिकिरहेको बताउनुभयो । अवलोकन भ्रमणको क्रममा भेटिने हरेक सर्वसाधारण व्यक्तिमा समेत भक्तपुरप्रति गर्व गर्ने र सामाजिक उत्तरदायित्वबोध गर्ने भावनाले आफू उत्साहित भएको उहाँको भनाइ छ ।
कार्यक्रममा विद्यार्थीहरूले भक्तपुरको इतिहास, जीवनशैली र विशेषताबारे जिज्ञासाहरू व्यक्त गरे । सहायक प्रधानाध्यापकको नेतृत्वमा शिक्षक तथा विद्यार्थीहरूको टोलीले बिहीबार भक्तपुर नगरका सम्पदा, सङ्ग्रहालय, तथा केही शिक्षालयहरूको अवलोकन भ्रमण गरेको बताइएको छ ।
Leave a Reply