भक्तपुर नगरको अवलोकन भ्रमणमा इनोभेटिभ स्कूलका विद्यार्थीहरू
- श्रावण २९, २०८३
भक्तपुर, २९ साउन । चानपा – ९ ताथलीमा करिब तीन दशकदेखि रोकिएको ऐतिहासिक खगां भैलः प्याखँ पुनः सञ्चालन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान अघि बढाइएको छ । परम्परागत कला, संस्कृति र सामुदायिक पहिचानसँग जोडिएको यो सांस्कृतिक सम्पदालाई पुनर्जीवन दिन प्रशिक्षण तथा तयारीका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
खगां भैलः प्याखँ सञ्चालनका लागि आवश्यक मकुन्डो, पोसाक, श्रृङ्गार, बाजागाजा, प्रशिक्षण तथा अन्य व्यवस्थापन खर्च जुटाउन आर्थिक स्रोत आवश्यक भएकोले आयोजकले स्वदेश तथा विदेशमा रहेका संस्कृतिप्रेमी, शुभेच्छुक, समाजसेवी तथा सङ्घसंस्थासँग सहयोगको आह्वान गरेको हो ।
खगां दाफा भजन खलः तथा भैलः प्याखँ व्यवस्थापन समितिले आफ्नो क्षमता र इच्छाअनुसार स्वेच्छिक आर्थिक सहयोग गरी लोपोन्मुख सांस्कृतिक परम्पराको संरक्षण अभियानमा सहभागी हुन आग्रह गरेको छ ।
समितिका अनुसार प्राप्त सहयोगबाट मकुन्डो, पोसाक तथा श्रृङ्गार सामग्री, बाजागाजा, प्रशिक्षण, नयाँ पुस्तामा प्याखँ हस्तान्तरण तथा प्रदर्शन र कार्यक्रम व्यवस्थापनलगायतका कार्यमा खर्च गरिनेछ ।
समितिले आर्थिक सहयोग गर्ने व्यक्ति, सङ्घसंस्था तथा शुभेच्छुकको नाम फेसबुकका साथै स्मारिकामा समेत प्रकाशन गर्ने जनाएको छ । सहयोग रकम सानो वा ठुलोभन्दा पनि संस्कृति संरक्षणप्रतिको भावना महत्वपूर्ण रहेको समितिको भनाइ छ ।
समितिले सहयोग गर्न इच्छुक महानुभावलाई ९८४१५६६५५६ र ९८५–१२२२९२४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
लामो समयदेखि रोकिएको परम्परालाई पुनः जीवन दिन थालिएको यो अभियानले स्थानीय मौलिक संस्कृति संरक्षणसँगै नयाँ पुस्तामा सांस्कृतिक ज्ञान र सीप हस्तान्तरण गर्ने अवसर समेत सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
‘परम्परा बचाऔँ, संस्कृति जोगाऔँ र खगां भैलः प्याखँलाई पुनः जीवित बनाऔँ’ भन्ने उद्देश्यसहित अघि बढाइएको अभियानमा समुदायको सक्रिय सहभागिता र सहयोग आवश्यक देखिएको छ ।
Leave a Reply