सिद्धि गणेश साकोसमा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिमको समापन
- श्रावण ३१, २०८३
भक्तपुर, ३१ साउन । निओ फ्युजन स्कूल अफ कम्प्युटरले सञ्चालन गरेको निःशुल्क तालिमका सहभागीलाई प्रमाणपत्र तथा प्रशंसापत्र वितरण गरेको छ ।
स्कूलको २१ औँ वार्षिकोत्सवको अवसरमा शनिबार इनाचोस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न निःशुल्क तालिममा सहभागी ३२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र तथा प्रशंसापत्र वितरण गरिएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले नयाँ पुस्ताले शिक्षासँगै आफूसँग कम्तीमा एउटा सीप हातमा हुनुपर्ने अहिलेको आवश्यकता औँल्याउँदै शिक्षासँगै आर्थिक पाटोलाई पनि सँगसँगै लान सकिने बताउनुभयो ।
निओ फ्युजन स्कूल अफ कम्प्युटरका सञ्चालक बालकृष्ण बनमालाले कम्प्युटर शिक्षा मात्र नभई आत्मविश्वास तथा दक्षता अभिवृद्धि गर्न सञ्चालन गरिएका तालिम पूरा गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो ।
युवालाई सूचना प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरी रोजगारी र स्वरोजगारका लागि सक्षम बनाउने उद्देश्यका साथ निःशुल्क तालिम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
निओ फ्युजन स्कूल अफ कम्प्युटरले विगतदेखि नै कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।
निओ फ्युजन स्कूल अफ कम्प्युटरले कम्प्युटर अपरेटर, कम्प्युटर हार्डवेयर तथा मर्मत, मोबाइल रिपेरिङ, इन्टेरियल डिजाइन, व्युटि पार्लर, स्काउट तथा परम्परागत बाजागाजालगायतका सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Leave a Reply