नागपोखरीमा नागपञ्चमी विशेष कार्यक्रम
- भाद्र १, २०८३
काठमाडौँ, १ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ, काठमाडौँ जिल्ला समितिले एलपी ग्यासको चरम अभाव, बजारमा व्याप्त कालोबजारी र बढ्दो महँगी नियन्त्रणको माग गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
विगत एक महिनादेखि खाना पकाउने ग्यासको अभाव हुँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको भन्दै सङ्घले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । सङ्घद्वारा बुझाइएको ज्ञापनपत्रमा जनताको चुलो बल्ने अवस्था सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गरिएको छ ।
सङ्घले अघि सारेका मुख्य मागहरूमा – खाना पकाउने एलपी ग्यासको नियमित, पर्याप्त, पारदर्शी र सहज आपूर्ति तत्काल सुनिश्चित गरिनुपर्ने; ग्यासको कालोबजारी गर्ने र तोकिएको मूल्त्न्दा बढी लिने दोषीमाथि कडा कानुनी कारबाही गरिनुपर्ने; खाद्यान्न, तरकारी र इन्धनलगायतका दैनिक उपभोग्य वस्तुहरूको अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गरिनुपर्ने; बिचौलियाको चलखेल रोक्न नियमित, प्रभावकारी र परिणाममुखी बजार अनुगमन गरिनुपर्ने, नेपालका नदीनालाबाट सरकार आफैँले विद्युत् उत्पादन गरी सहुलियत मूल्यमा बिजुली उपलब्ध गराउँदै ग्यास आयातमा भइरहेको व्यापार घाटा घटाइनुपर्नेलगायत थियो ।
काठमाडौँ जिल्ला समितिका अध्यक्ष रमेश डंगोलद्वारा हस्तान्तरण गरिएको उक्त ज्ञापनपत्रर्माफत मागहरू तत्काल कार्यान्वयन गरी आम नागरिकको जनजीवन सहज बनाउन सरकारसँग जोडदार माग गरिएको छ । जवाफमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एलपी ग्यासको अभावलाई सम्बोधन गर्न दुई दिन कार्यालयले ग्यास कम्पनीबाट सिधै जनताकोमा पु¥याउन काठमाडौँको विभिन्न स्थानमा वितरण गर्ने प्रयास गरिएको जानकारी दिनुभयो ।
Leave a Reply