नेपालको राजनीतिमा एनजीओ र आइएनजीओहरूको बढ्दो प्रभाव
- भाद्र १, २०८३
भक्तपुर, ३ भदौ । ४६ औँ नेपालभाषा साहित्य तःमुंज्यालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्न सांस्कृतिक तथा साहित्यिक समिति गठन गरिएको छ ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईको उपस्थितिमा भएको भेलाले ग्वःसाखलका अध्यक्ष उकेश कवांको संयोजनमा समिति गठन गरिएको हो ।
भेलाले नारायणप्रसाद मचामसीको संयोजकत्वमा १३ सदस्यीय सांस्कृतिक समिति तथा पुण्यराम कवांको संयोजकत्वमा ६ सदस्यीय साहित्यिक समिति गठन गरिएको छ ।
साहित्य सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले भदौ ६ गते भक्तपुर खँचास्थित सिद्धि गणेश तालिम हलमा सञ्चालन गरिने भएको छ । साहित्य लेखनमा रूचि राख्ने तथा इच्छुक अनुरागीहरूलाई तालिममा सहभागी हुन आयोजक समितिले अनुरोध गरेको छ ।
Leave a Reply