काभ्रेमा एलपीजी ग्यास सहज गर्न नेक्रायुसङ्घको ज्ञापन
- भाद्र ४, २०८३
भक्तपुर, ४ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सदस्य तथा नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द दुवालले पार्टीले मोहियानी हक आन्दोलन, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलनलगायत विभिन्न पक्षमा सङ्घर्ष गरेको कारण जनताको जीवनस्तरमा सुधार आएको बताउनुभयो ।
उहाँले ठुला पार्टी भनाउँदाहरू, सामन्ती र शोषक प्रवृत्ति भएका व्यक्तिहरू सरकारको ओहदामा हाली मुहाली भएसम्म आम जनताले चाहेको जस्तो शासन व्यवस्था नहुने भएकोले समाजवादी व्यवस्थाको विकल्प नभएको बताउनुभयो ।
पार्टीले देश र जनताको पक्षमा सडकदेखि सदनसम्म आवाज बुलन्द गर्दै आइरहेको उल्लेख गर्दै उहाँले सङ्घर्षलाई सिथिल पार्न कम्युनिस्ट भनाउँदाहरूको जनविरोधी क्रियाकलाप तथा पुँजीवादी रसास्वादन गर्न पल्केका पार्टीलाई जनतामाझ उदाङ्ग्याउनुपर्ने बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले २०४५ सालको प्रतिशोधपूर्ण षड्यन्त्रको निन्दा गर्दै समाजमा अराजकता निम्त्याउन खोज्नेको गतिविधिको विरोध गर्नुपर्ने बताउनुभयो ।
उहाँले सचेत र सङ्गठित भएर अघि नबढ्दा शत्रुले आफू र आफ्नो सङ्गठनलाई तिलाञ्जली दिन लगाउन अनेकन जालझेल गर्ने भएकोले त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा श्रीकृष्ण थापाले पनि बोल्नुभएको थियो ।
Leave a Reply