वल्र्ड स्कूल अफ कम्युनिज्म –२०२६ सम्पन्न
- भाद्र ३, २०८३
भक्तपुर, ५ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रमा एसोसिएसन अफ प्रि स्कूल एजुकेटर्स नेपाल, भक्तपुर नगर समितिको आयोजनामा भएको ‘आर्ट भक्तपुर मेला २०८३’ को उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले अहिलेका विद्यार्थी नै भविष्यका कर्णधार भएकाले उनीहरूको प्रतिभा प्रस्फुटनका लागि उचित वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउने अवसर मिलेको उल्लेख गर्दै उहाँले यस्ता ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानमा कार्यक्रम आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले बालबालिकालाई कला सिर्जना गर्न उत्साहित गर्नु महत्वपूर्ण कार्य भएको बताउँदै कला, संस्कृति र प्रतिभाको विकासमा सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “देशको सानो नगरपालिका भए पनि भक्तपुर कलाकारहरूको नगर हो । भक्तपुरको कला र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई कला क्षेत्रमा अघि बढाउन आवश्यक छ ।”
एशोसिएसन अफ प्रि स्कूल एजुकेटर्स नेपाल, भक्तपुर नगर समितिका अध्यक्ष सूर्यभक्त श्रेष्ठले नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभयो ।
पूर्वप्राथमिक तहका बालबालिकाहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ उक्त मेला आयोजना गरिएको हो । मेलामा करिब १५० जना बालबालिकाको सहभागिता रहेको थियो ।
Leave a Reply