‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रम
- भाद्र ५, २०८३
भक्तपुर, ५ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा गाईजात्रा (सापारू २०८३) को अवसरमा शुक्रबार भक्तपुर दरबार स्क्वायर क्षेत्रमा कलेज तथा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुला व्यङ्ग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले असफलताबाट विद्यार्थीले सिक्न जरूरी रहेको आवश्यकता औँल्याउँदै हजारौँ शब्दले प्रस्ट पार्नुपर्ने विषयलाई साररूपमा व्यङ्ग्य चित्रबाट अर्थसहितको प्रहार र हाँसोले उत्सुकता जगाउने बताउनुभयो ।
उहाँले समाजको विकृति विसङ्गतिप्रति व्यङ्ग्य गर्दा लैङ्गिक, जातीय विभेदप्रति सचेत हुनु जरुरी छ भन्नुभयो ।
वाग्मती प्रदेश सांसद एवम् नेमकिपाका केन्द्रीय समितिका सदस्य सिर्जना सैंजूले विद्यार्थीहरू कक्षाकोठाको सिकाइमा मात्र सीमित नभई समाज, परिवार, समुदाय तथा विभिन्न सङ्घसंस्थाबाट पनि सिक्न सकिने बताउनुभयो ।
समाज भएको अपराध, अभाव, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको विकृति–विसङ्गति पक्षलाई व्यङ्ग्यको माध्यमबाट जनतालाई सचेत बनाउनु जरुरी रहेको बताउनुभयो ।
प्रतियोगिताका निर्णायक बालकृष्ण बनामालाले समाजमा घटिरहेको सामाजिक आर्थिक, राजनीतिक व्यङ्ग्यात्मक रूपमा उदाङ्ग्याउने उद्देश्य कार्टुन हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति तथा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाले मानव सभ्यताको विकाससँगै समाजका विकृति र विसङ्गति, अस्थिर राजनीतिको विध्वंसलाई कार्टुनमा व्यक्त गरेको बताउनुभयो ।
प्रतियोगिताको आधारभूत तहमा एभरेस्ट इङ्गलिस स्कूलका यधवी आचार्य प्रथम, प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका स्वपनिल बासुकला द्वितीय, एभरेस्ट इङ्गलिस स्कूलका इच्छा बल्ल तृतीय तथा हिमालयन ग्लोरी इङ्गलिस सेकेन्डरी स्कूलका अनुष खर्बुजा र एभरेस्ट इङ्गलिस स्कूलका उत्कर्ष मल्ल ठकुरी संयुक्तरूपमा सान्त्वना भएका थिए ।
प्रतियोगिताको मा.वि. तहमा एजे सेकेन्डरी स्कूलका स्पर्श लामा प्रथम, विद्यार्थी निकेतन माविका प्रशिष घेमोसु द्वितीय, ख्वप इन्जिनियरिङ कलेजका रिजन प्रजापति तृतीय तथा वागीश्वरी माविका क्यारोलिन र प्राइम एकेडेमीका उत्कर्ष पान श्रेष्ठ संयुक्तरूपमा सान्त्वना भएका थिए ।
प्रतियोगितामा विद्यार्थीहरूले समसामयिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, शैक्षिक तथा सामाजिक विकृति विसङ्गतिप्रति व्यङ्ग्य गरिएको कार्टुन लेखेका थिए ।
प्रतियोगितामा भक्तपुरका २२० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
Leave a Reply