जिल्लाव्यापी खुला व्यङ्ग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न
- भाद्र ५, २०८३
भक्तपुर, ५ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा ‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गरेकै कारण पञ्चायती सरकारलाई इष्र्या र दाहा भई २०४५ भदौ ९ गते षड्यन्त्र गरी पार्टीलाई नष्ट गर्न खोजेको बताउनुभयो ।
नेमकिपाले स्थापनाकालदेखि जनताको हितमा सफाइ अभियान, साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको साथै शिक्षा–स्वास्थ्य–सम्पदा संरक्षणमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले वाग्मती प्रदेशमा भएका अनियमितता, विकृति, बेथिति र पक्षपातबारे पार्टीका प्रतिनिधिहरूले विरोध गर्दै जनतालाई सचेत गर्दै आएको बताउनुभयो ।
उहाँले महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुन विश्व सर्वहारावर्गका नेताहरूको जीवन सङ्घर्ष र जीवनी अध्ययन गर्नु जरूरी रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सानु लागेको सभापतित्वमा भएको कार्यक्रममा कविता श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply