भर्खरै :

‘हाम्रो भान्सा, हाम्रो स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रम

‘हाम्रो भान्सा, हाम्रो स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रम

भक्तपुर, ११ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ चोर्चा एकाइ समिति र चोर्चा बुहारी समुहको संयुक्त आयोजनामा विशेष महिला भेला तथा प्रवचन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम ‘हाम्रो भान्सा, हाम्रो स्वास्थ्य’ विषयमा केन्द्रित थियो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नेपालभाषा र साहित्यको प्रवद्र्धनलाई सशक्त रूपमा सफल पार्न आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग पु¥याउन सम्पूर्ण महिला दिदीबहिनीहरूलाई आग्रह गर्नुभयो ।
स्थानीय विष्णुराम दुमरुले ‘भक्तपुर काण्ड’ मा षड्यन्त्र र जालसाजी मुद्दा लगाएर भक्तपुरका निर्दोष जनतालाई फसाइएको विषयमा स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका प्रतिनिधि छोरीमैया सुजखूले घरका महिलाहरू सशक्त र शिक्षित भएमा सिङ्गो घर–परिवार नै शिक्षित हुने धारणा राख्नुभयो ।
स्वास्थ्य परामर्शदाता एवं सहप्राध्यापक पुण्यश्वरी सुवालले महिलाहरूलाई खानपानको स्वच्छता, पोषण र दैनिक स्वास्थ्य प्रवद्र्धनसम्बन्धी महत्वपूर्ण व्यावहारिक परामर्श प्रदान गर्नुभयो ।
नारांदेवी दुमरूको सभापतित्वमा भएको सो कार्यक्रममा जसतारा कोजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *