भर्खरै :

कीर्तिपुरमा ‘श्रमिक’ पत्रिकाको अन्तरक्रिया

कीर्तिपुरमा ‘श्रमिक’ पत्रिकाको अन्तरक्रिया

कीर्तिपुर, १२ भदौ । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा हरेक बुधबार ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र पार्टी प्रकाशन अन्तरक्रिया, अध्ययन गोष्ठी कार्यक्रमको क्रममा भदौ १० गते ‘श्रमिक’ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले अध्ययनबिना समाजलाई अगाडि बढाउन जटिल हुने भएकोले सबै साथीहरूलाई अध्ययनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले भदौ १० गते बिहान भोटेकोसीमा गएको बाढीबाट नेपाली नागरिकको धनजन क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीमा परेका नागरिकको उद्धार, राहत र पुनर्बासको व्यवस्था गर्न राज्यको ध्यान जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कीर्तिपुरका वाशुमान महर्जन, विश्वअमर महर्जन, सूर्यमान महर्जनले पनि पत्रिकामा प्रकाशित समाचार र लेखबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *