फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक
- कार्तिक २, २०८३
भक्तपुर, १२ भदौ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा भक्तपुर काण्डबारे जानकारी गराउन छलफल तथा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले पुँजीवादी व्यवस्थाले कामदार र मजदुरवर्गको हित नगर्नेतर्फ स्पष्ट हुनु जरुरी छ भन्दै देश र जनताको सेवामा लागेका नेमकिपाका नेता कार्यकर्तालाई पञ्चायती व्यवस्थाले झूटो मुद्दा लगाई फसाउने दुष्प्रयास गरेको उल्लेख गर्नुभयो ।
समाजवादी व्यवस्था स्थापना गर्न नेमकिपा सङ्घर्षरत रहेको उहाँले बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य एवं बागमती प्रदेशसभा सदस्य गीता काफ्लेले नेमकिपा सरकार परिवर्तनको फोहोरी खेलमा कहिल्यै नलाग्ने बताउनुभयो ।
नेक्रामजदुर सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष कृष्णहरि आगंजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा दीपा श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply