नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँध
- भाद्र १६, २०८३
भक्तपुर, १५ भदौ । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १९ औँ स्थापना दिवस तथा नवनिर्मित सहकारी भवन उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव का. प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा सचिव सुवालले सहकारी संस्थाको सञ्चालक समितिका सदस्यहरूमा समर्पणको भावना जरुरी भएको उल्लेख गर्दै संस्था सुरु गर्न सजिलो भए पनि दीगो सुसञ्चालन सजिलो नहुनेतर्फ सञ्चालक समितिका सदस्यहरू सचेत हुनु पनि उत्तिकै जरुरी छ भन्नुभयो ।
उहाँले रसुवामा सुरु भएको भेलबाढीमा ज्यान गुमाएका र पीडितहरूप्रति नेपाल मजदुर किसान पार्टीले दुःख व्यक्त गरिसकेको उल्लेख गर्दै पीडितहरूको बेदना सुनेर सरकार समाधानमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“देश जलाएर परिवर्तन आउने छैन । परिवर्तनको लागि शासकहरूले जनताको भावनाअनुसार काम गर्नु जरुरी हुन्छ,” उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुरमा रहेका सहकारी संस्थाहरूको नगरपालिकाले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले अक्सिजन तथा रगत निःशुल्क वितरणलगायतका सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले सहकारी संस्था विधि, विधान र नियमअनुसार सञ्चालन भए समस्या नआउने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष जगन्नाथ प्रजापतीले भक्तपुरमा रहेका सहकारी संस्थाहरू नेपालमै उत्कृष्ट रहेको बताउनुभयो ।
ख्वप साकोसका संस्थापक अध्यक्ष कुमार लघुले सहकारीमा सबै सदस्यको हक तथा अधिकार समान हुने बताउनुभयो ।
नेमकिपा वडा नं. २ का इन्चार्ज गणेशप्रसाद सुवालले भदौ ९ को भक्तपुर काण्डका कारण धेरैले दुःख, कष्ट तथा जेलनेल भोग्नुपरेको स्मरण गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष राजकुमार लघुले संस्थाको आर्थिक अवस्थाबारे जानकारी दिँदै नवनिर्मित भवनले संस्थाप्रति सदस्यहरूको विश्वास अझ वृद्धि हुने बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवाल तथा सचिव अमर बासुकलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ख्वप साकोस धा बाजा समूह तथा ख्वप बचत बाँसुरी बाजा र भ्वाइलेन समूहले विभिन्न मधुर धुन प्रस्तुत गरेका थिए ।
Leave a Reply