“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”
- भाद्र १४, २०८३
भक्तपुर, १५ भदौ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको भत्र्सना एवंं प्रशिक्षण कार्यक्रम सोमबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्ड राज्यस्तरबाट रचिएको एउटा षड्यन्त्र भएको स्पष्ट पार्दै जनताका इमानदार कार्यकर्ताहरूलाई प्रतिक्रियावादीहरूले अनेक जालझेल रचेर फसाउन सक्नेप्रति सचेत हुन जरुरी छ भन्नुभयो ।
भक्तपुर काण्डमा नेमकिपाका अध्यक्षलगायत ६७ जना नेता–कार्यकर्तालाई सर्वश्वसहित ज्यान सजायको माग गरी झूटा मुद्दा चलाएको र हिरासतमा दिइएको अमानवीय यातनाबारे उहाँले चर्चा गर्नुभयो ।
भदौ १० गते भोटेकोसी नदीमा आएको बाढी–पहिरोको कारण हुन गएको क्षतिप्रति दुःख प्रकट गर्दै उहाँले विपद्को बेलामा सरकार नै जनताको मुख्य साहारा हुने भएकोले विनापक्षपात छिटोभन्दा छिटो राहत उपलब्ध गराउनु जरुरी भएको बताउनुभयो ।
नेक्रामजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानी साम्यवादी समाज स्थापनाको लागि नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
भक्तपुर काण्डजस्तो षड्यन्त्रहरू भविष्यमा पनि दोहोरिन सक्नेतर्फ सचेत गराउँदै उहाँले कार्यकर्ताहरू धैर्यवान हुनुको साथै पार्टीप्रति आस्थावान हुनु जरुरी छ भन्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले मजदुर सङ्गठनका साथीहरूले मजदुरहरूको हक हित र अधिकारको साथै डकर्मी, सिकर्मीलगायत विभिन्न पेशामा आबद्ध मजदुर÷श्रमिकहरूलाई सङ्गठित गर्ने कार्यमा लाग्नु जरूरी छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका रमेश दुमरू र बिक्रम ढुकुछुले पनि बोल्नुभएको थियो ।
Leave a Reply