भर्खरै :

पर्सामा ‘भक्तपुर काण्ड’ को भत्र्सना

पर्सामा ‘भक्तपुर काण्ड’ को भत्र्सना

पर्सा, २६ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायतद्वारा रचित षड्यन्त्रमूलक भक्तपुर काण्डको भत्र्सना कार्यक्रम बिहीबार सखुवा पर्सौनीमा भयो ।
कार्यक्रममा नेमकिपा पर्साका संयोजक सरोज साहले नेमकिपा स्थापनाकालदेखि देश र जनताको लागि सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपाको कार्यशैलीबाट पञ्चायतबाट तर्सेर नेमकिपाका ६७ जना नेता–कार्यकर्तामाथि झूटा ज्यान मुद्दा लगाई नेमकिपालाई नष्ट गर्ने दुस्प्रयास गर्ने पञ्चायत आफै पतन भएको उहाँले बताउनुभयो ।
नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको स्पष्ट पार्दै समाजवादी राज्य संरचनामा हुने बन्दोबस्तबारे उहाँले बताउनुभयो, “समाजवादी व्यवस्थामा शोषण र भ्रष्टाचार हुनेछैन । निःशुल्क शिक्षा र स्वास्थ्यको बन्दोबस्त, योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त राज्यले गर्दछ । उत्पादनका मुख्य मुख्य साधन र स्रोत राज्यको नियन्त्रणमा हुन्छ ।”
कार्यक्रममा लक्ष्मी साह, व्रह्मदेवप्रसाद चौधरी, विभेद साहले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *