अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सङ्घीय संसदमा चालु विनियोजन बजेटमाथिको छलफलमा भाग लिएका संसद सदस्यहरुको वक्तव्यले नेपालको संसदीय राजनीतिको स्तर सतहमा ल्याएको छ । प्रतिपक्ष दलका सांसदहरुमात्र नभई सत्तापक्षीय दलका सांसदहरु समेतले बजेटको धुवाँदार विरोध गरेका छन् । उनीहरुको प्रस्तुत हेर्दा …गर्नेलाई भन्दा हेर्नेलाई लाज भन्ने अवस्था बनेको छ । सरकारले प्रस्तुत गरेको बजेटको प्रतिपक्षले विरोध गर्नु राजनीतिक धर्म र प्रजातन्त्रको सौन्दर्य हो । तर जब सत्तापक्षीय सांसदहरुल्े स्वंयले संसदलाई जुङ्गाको लडाई र मन्त्रीहरुमाथि रिस फेर्ने थलोमा परिणत गरिदिन्छन् भने प्रष्टतः नेपालको संसदमा चुनिएर गएका सांसदहरुलाई संसदीय राजनीतिको मर्म थाहा नभएको निष्कर्षमा पुग्नुपर्दछ ।
आइतबार बसेको संसद बैठकमा (नेकपा)का सांसद प्रेम आलेमगरले आफुले खेलकुद मन्त्रीलाई पटक पटक भन्दा पनि डोटीमा कबर्ट हल बनाउन बजेट नछुटाएको र पर्यटनमन्त्रीलाई धनगढीको विमानस्थललाई क्षेत्रीय विमानस्थल नबनाएको विषयमा गुनासो गर्दै बजेटको विरोध गरे । यसबाट दुई कुरामा ध्यान दिन जरुरी छ । पहिलो, मन्त्रीलाई भनसुन गरेर आफू अनुकूलका ठाउँमा विकास बजेट विनियोजन गराउन सत्तासीन दलका सांसदहरुले सरकारलाई दबाब दिइएको पाइयो । अर्कोतिर आफूले भनेजस्तो गरिएन भनी सत्तापक्षमा बसेको सांसदले समेत बजेटको विपक्षमा बोले ।
यसअघि जुम्ला जिल्लाका सांसदले संसद विकास कोष परिचालनमा वडाध्यक्ष समेतको समिति बनाउनुपर्ने बन्दोबस्तको विरोधमा संसदभित्र रुवाबासी गरेका थिए । उनले मन्त्री बनेकाहरुले सांसदहरुलाई पेलेको भन्दै आक्रोश पोखेका थिए ।
नेपालको संसदीय राजनीति यसअघि पनि विकृतिबाट मुक्त थिएन । खासमा पुँजीवादी बन्दोबस्तमा संसद आफैंमा विकृतिको उद्गमथलो हो । तर न्युनतम राजनीतिक नैतिकता भने पुँजीवादी राजनीतिक पार्टीमा पनि हुनुपर्ने हो । तर नेपालको सन्दर्भमा यसको सदैव अभाव भयो । विशेषतः नेपालका शासक दलहरुमा यसको अभाव स्थायी समस्या बन्यो ।
संसदभित्र सरकारले प्रस्तुत गरेको बजेटका सैद्धान्तिक आधारबारे बहस गर्नुभन्दा कुनै ठाउँमा कबर्ड हल बनाउने, कहाँ पुल बनाउने जस्ता विषयमा दुःखेलो पोख्ने थलो संसदलाई बनाइँदा नेपालको व्यवस्थापिकाको उचाई घटेको छ । नेपाली सांसदहरुको स्तर नापिएको छ । सबभन्दा बिडम्बना त के हो भने संसदभित्र सरकारले प्रस्तुत गरेको बजेटको धुवाँदार विरोध गर्ने सांसदहरु बजेटमाथिको मतदानमा पक्षमा मतदान गर्ने गर्दछन् । यो भन्दा राजनीतिक अनैतिक के हुनसक्छ ? विरोध गरेर पनि त्यसको अन्ततः समर्थन गर्नु भनेको सरकारसँग मोलमोलाई मात्र हो । मोलमोलाईको राजनीतिमा अभ्यस्त शासक दलहरुले तयार गरेका सांसदहरुले आफ्नै सरकारसँग पनि मोलमोलाईको राजनीति गरिरहेको छ । नेपालको संसदीय इतिहासमा यो आफैमा अर्को अफसोस हो ।
Leave a Reply