“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
सारन्स्क, १९ जून । कोलोम्बियाली टोलीलाई २–१ को चकित पार्ने गोलअन्तरका साथ पराजित गरेपश्चात जापानी टोलीका प्रशिक्षक अकिरा निशिनोले आफ्नो टोलीले अरु थप विजयको लागि कोलोम्बियामाथिको विजयको खुशियालीलाई थाती राख्ने बताएका छन् ।
‘यो एउटा खेलको मात्र प्रतियोगिता हुँदो हो त हामी यहाँ सारन्स्कमा खुशियालीको जुलुस निकाल्ने थियौं । तर हाम्रोसामु अरु पनि खेलहरू पनि बाँकी नै छन् । त्यसकारण हामी खुशियालीलाई थाती राख्दैछौं ।’ उनले भने ।
‘खेलको पूर्वतयारी हामीले मिहिनेत साथ ग¥यौं । त्यसकारण परिणाम पनि राम्रै भयो । सबै खेलाडीहरूले उत्कृष्ट खेल खेले । विशेष गरी दोस्रो हाफमा । हामीले बलमाथि राम्रो नियन्त्रण जमायौं । त्यही भएर हामीले दोस्रो गोल हान्न सफल भयौं ।’, ६३ वर्षका प्रशिक्षकले भने ।
‘विजयको स्वाद मीठो त हुने नै भयो । तर दोस्रो र तेस्रो खेलहरू पनि दैलोमै छन् । आगामी खेलहरू अझ कठीन हुनेछन् । तर हामी सामनाका लागि तयार छौं ।’ अकिराले भने ।
जापानले जून २४ मा सेनेगल र जून २८ मा पोल्याण्डसँग खेल्नेछ ।
Leave a Reply