नेपालै के कस्तो !
- आश्विन २, २०८३
व्यवस्थित आवास योजना
आवश्यकताअनुसार पूर्वाधार
निर्माण गरिदिनु हो
आफ्नै ठाउँ आफ्नै क्षेत्रमा ।
योगदानअनुसारको सुविधा
काखा र पाखा हुन्न
बिनायोगदान सुविधा लिनु
लोभी पापी मन ।
एक हातले लिनु अर्को हातले दिनु
सामाजिक न्याय
लिनमात्र जानु, दिन नजानु
यो त सरासर अन्याय ।
केही लोभी पापीहरू
चाहिन भन्थे आवास
दुःख दिन पल्केकाहरू
उही भलाद्मी बन्थे ।
आफूले पाउने भए त
आँखा चिम्ली लिन्थे
आफूले योगदान दिनुपरे
उफ्री उफ्री विरोध गर्थे ।
सार्वजनिक सम्पत्ति हडप्नेहरू
समाजसेवी अभियन्ता भन्थे
लाजै नमानी तिनीहरू
दोबाटोमा बसी खान्थे ।
छमछम नाच्दछन् कोही
कोही सुरिला भाकाले गाउँछन्
गाउँदै नाच्दै फिर्दै जाँदा
निवस्त्र आफै हुन्छन् ।
ठग भ्रष्टहरूकै संरक्षणमा
लडीबुडी खेल्छन्
निष्कलङ्क व्यक्तित्वमाथि
मन लागी लाञ्छना लाउँछन् ।
जनताको आँखा दूरबिन सरह छन्
लाञ्छना लगाउनुपर्दैन
अर्काको इच्छामा नाच्नेहरू
कठपुतली किन होइन ?
Leave a Reply