भर्खरै :

सहिदको बलिदानलाई कुल्चनेहरू !

सहिदको बलिदानलाई कुल्चनेहरू !

देशको सेवा गर्ने शपथ खाई
कुर्सीमा पुगेकाहरू
भ्रष्टाचार र क¬शासनमा ड¬ब्नेहरू
देश जलाउनेहरूलाई समाउन नसक्नेहरू
कोही राजीनामा दिएर
हेलिकप्टरमा भाग्नेहरू
कोही सेनाको शरणमा पुग्नेहरू
कोही रोएर उही कुर्सीमा टाँसिरनेहरू
आपैmले बनाएको संविधान
मिलेर उल्लङ्घन गर्नेहरू
पूर्वप्रधान न्यायाधीशलाई कुर्सीमा राख्नेहरू
प्रतिनिधिसभा भङ्गको अधिकार आफै दिने
जनताले कठालो समाउने भएपछि
‘अन्तरिम प्रधानमन्त्री मात्र बनाउनू
प्रतिनिधिसभा भङ्ग नगर्नू’
सहमति यति हो भनी रोइलो गर्नेहरू
जो प्रधानमन्त्री ह¬न्छ
उनले प्रधिनिधिसभा भङ्ग गर्न सक्ने
संवैधानिक बन्दोबस्त
के तिमीहरूलाई थाहा छैन र ?
पालैपालै प्रधानमन्त्री भएकाहरू
देशलाई खरबौँको ऋणमा ड¬बाउनेहरू
य¬वालाई विदेशमा पठाउँंदै
देश परनिर्भर बनाउनेहरू
सहिदको बलिदानलाई कुल्चनेहरू !
(२०८३ असोज १)

Leave a Reply

Your email address will not be published. Required fields are marked *