भर्खरै :

भक्तपुर साकोसमा कुरूस बुनाइ बनाउने तालिम सम्पन्न

भक्तपुर साकोसमा कुरूस बुनाइ बनाउने तालिम सम्पन्न

भक्तपुर, ४ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को महिला उपसमितिको आयोजनामा सञ्चालित दसदिने कुरूस बुनाइ तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले आर्थिक रूपमा सवल र सक्षम व्यक्ति नै स्वतन्त्र हुने धारणा राख्दै आफूले सिकेको ज्ञान र सीपले व्यवसायी र उद्यमी बन्न सहयोग पुग्ने बताउनुभयो ।
“नेपाल सरकारबाट उद्योग व्यवसाय सञ्चालन गर्न र बजारीकरणको लागि विभिन्न कार्यक्रमहरू ल्याइएको छ; त्यसलाई उपभोग गर्न विभिन्न कानुनी प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ । उद्योग तथा वाणिज्य कार्यालयले उद्योग तथा व्यवसाय सञ्चालन गर्न आवश्यक तालिमको साथसाथै कानुनी प्रक्रियाहरूको मार्गदर्शन गर्दछ”, उहाँले भन्नुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक कारोबारसँगै सदस्य र समाजलाई सभ्य तथा आत्मनिर्भर बनाउनु संस्थाको सामाजिक दायित्वको रूपमा लिँदै सदस्यलाई व्यवसायी र उद्यमी बनाउन विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
सञ्चालक सदस्य तथा महिला उपसमितिका संयोजक रामेश्वरी कोजुले पढाइमा हामी अवल भएर पनि व्यवहारमा राम्रो तरिकाले प्रस्तुत गर्ने सीप भएन भने धेरै अप्थ्यारोमा पर्न सक्ने बताउनुभयो ।
महिला उपसमितिका सदस्य जगनालक्ष्मी तुईतुईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा महिला उपसमितिका सदस्य मैंया कासुला, प्रशिक्षक रूविना सुवाल र प्रशिक्षार्थी प्रमिला लागेजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *