भर्खरै :

पलेस्वाँ पुखु जोगाउन धर्ना

भक्तपुर, ७ असार । मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेमा अवस्थित पलेस्वाँ पुखु (कमलपोखरी) रहेको पन्ध्र रोपनी ९ आना सार्वजनिक जग्गा भूमाफियाले निजीकरण गर्न खोजेको विरोधमा सङ्घर्षरत स्थानीय जनताले बिहीबार जिल्ला अदालत भक्तपुर अघि धर्ना दिएका छन् ।
ऐतिहासिक पलेस्वाँ पुखु रहेको जग्गा विसं २०२१ सालमा कान्छी पोडेले ठेक तिरेको आधारमा निजी बनाउन खोजेको खुलासा भएपछि स्थानीय जनताले विभिन्न गतिविधि गर्दै विरोध जनाउँदै आएका छन् ।
दुई वर्षअघि जिल्ला अदालत भक्तपुरमा दायर मुद्दाको बिहीबार अन्तिम फैसला हुनसक्ने सम्भावनाका कारण सार्वजनिक जग्गाको रक्षाको माग गर्दै स्थानीयले धर्ना दिएका हुन् ।
मध्यपुर नपाका जनप्रतिनिधिहरूसमेतको उपस्थितिमा उनीहरूले अदालत अघि नाराबाजी गरेका थिए । तर बिहीबार अदालतले फैसला भने गरेन । न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले जिल्ला मालपोत कार्यालय भक्तपुरबाट सो पोखरी वरिपरिका जग्गा कुन मौजाअन्तर्गत दर्ता गरिएको हो, सोबारे कागजात झिकाउन आदेश गरेको छ ।
मुद्दाको अर्को पेशी आगामी असार १९ गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *