भर्खरै :

संरा अमेरिका हमलाकारी राज्य–मोरालेस

ला पाज,२० जून । बोलिभियाली समाजवादी राष्ट्रपति इभो मोरालेसले संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्बाट संरा अमेरिकाले हात झिक्नुबाट त्यो देश ‘हमलाकारी राज्य’ भएको प्रमायिात भएको बताएका छन् ।
‘मानवअधिकार परिषद्बाट हात झिकेर संरा अमेरिकाले आफूलाई हमलाकारी, राजनीतिक कू गर्न खोजिरहने देश प्रमाणित गरेको छ । साथै गरिब जनताको बा“च्न पाउने अधिकार खोज्ने राज्य भएको देखाएको छ ।’, मोरालेसले आफ्नो ट्वीटरमा पोस्ट गरेका छन् ।
‘यो कदम उसले इजरायलयको पक्षमा गरेको छ, जसले सर्वसाधारण जनताको हत्या गर्दै आएको छ । अनि आज संरा अमेरिकाले सिमाना पारबाट आएका केटाकेटीमाथि अत्याचार गरिरहेको छ ।’
संरा सङ्घका लागि संरा अमेरिकी दुत निक्की हालेले म·लबार ‘पाखण्डी’ भएको भन्दै मानवअधिकार परिषद्मा आफ्नो देश नरहने घोषणा गरेकी थिइन् ।
परिषद्का अरु देशहरू–रुस, चीन र बेलायतले सो कदमको भत्र्सना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *