जलवायु न्यायमा गुटेरेसको जोड
- आश्विन ७, २०८३
भक्तपुर, ७ असोज ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकको संयुक्त आयोजनामा भएको ‘पत्रकारिता र कृत्रिम बुद्धिमत्ता’ विषयक पाँचदिने आधारभूत तालिमको समापन कार्यक्रम बुधबार एक समारोहबिच सम्पन्न भयो ।
उक्त कार्यक्रममा देश र जनतामा समर्पित विचारप्रधान ‘श्रमिक’ साप्ताहिकका प्रकाशक सरोजराज गोसाईंले समयअनुसार नयाँ नयाँ प्रविधि र ज्ञान सिक्नुपर्ने आवश्यकता औँल्याउँदै समाचारलाई छोटो, मिठो र प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि उपयुक्त भए पनि समाचार सही वा गलत के हो भन्ने परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
हरेक नागरिकले आ–आफ्नो क्षमता, बुद्धि र ज्ञानको दायरा फराकिलो बनाउनुपर्ने विचार व्यक्त गर्दै उहाँले आफ्नो पदीय दायित्व र जिम्मेवारी भुल्न नहुने बताउनुभयो ।
मानिसले एआईलाई पनि आफ्नो अधीनमा राख्नुपर्ने कुरामा जोड दिँदै उहाँले गोपनीयताबारे संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
तालिमका संयोजक योगेन्द्रमान बिजुक्छेँले पत्रकारितासम्बन्धी आधारभूत ज्ञानसँगै प्राविधिक पक्ष पनि सिक्नुपर्नेमा जोड दिँदै एआईको अधिकतम प्रयोग गर्ने तर अन्धभक्त भएर उपयोग गर्न नहुनेतर्फ सचेत गराउनुभयो ।
पत्रिकालाई आकर्षक बनाउन तथा गहन विषयलाई सहज बनाउन एआईले सहयोग गर्ने धारणा व्यक्त गर्दै उहाँले पत्रकारितालाई अझ व्यवस्थित र परिष्कृत बनाउन एआईले टेवा पु¥याउने बताउनुभयो ।
प्रशिक्षार्थीका तर्फबाट सुरेश परियारले एआई शिक्षक, विद्यार्थी र पत्रकारका निम्ति उपयोगी भएको बताउनुभयो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई अतिथि सरोजराज गोसाईंले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
तालिम श्रीराम कासिछ्वाले दिनुभएको थियो ।
Leave a Reply