विश्व पर्यटन दिवसमा संस्कृतिकर्मी, कलाकार तथा पर्यटन व्यवसायीहरू सम्मानित
- आश्विन ११, २०८३
भक्तपुर, १२ असोज । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँग नेपाल ट्रस्ट कार्यालय सञ्चालक समितिका पदाधिकारीहरूले सोमबार भेटघाट गर्नुभयो । नेपाल ट्रस्ट कार्यालयका सहसचिव सुमन घिमिरेको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले नगर प्रमुखसँग भेटघाट गरेको हो ।
उक्त भेटघाटको क्रममा भक्तपुर नगरपालिका वडा नं. १, सल्लाघारीस्थित १०८ रोपनी जग्गाको संरक्षण तथा व्यवस्थापनको विषयमा छलफल भएको थियो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. १, सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको १०८ रोपनी जग्गा भक्तपुरवासीको हितलाई ध्यानमा राखी अधिकतम सदुपयोग गर्ने उद्देश्यले नगरपालिकाले जग्गाको संरक्षणका लागि पर्खाल निर्माणलगायतका कार्य गरी व्यवस्थित गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँले ख्वप विश्वविद्यालय स्थापनाको लागि १०८ रोपनी जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले नेपाल ट्रस्ट नियमावली, २०६४ को नियम ३ को उपनियम २(क) मा नेपाल ट्रस्टको सम्पत्ति प्रयोग गर्दा विद्यालय, महाविद्यालय वा विश्वविद्यालयजस्ता शैक्षिक संस्था स्थापना गरी सञ्चालन गर्न वा गराउन सकिने प्रावधान रहेको उल्लेख गर्दै उक्त कानुनी व्यवस्थाले शैक्षिक संस्थाको स्थापना तथा सञ्चालनका लागि नेपाल ट्रस्टको सम्पत्ति उपयोग गर्न सकिने आधार रहेको बताउनुभयो ।
१०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाउन २०६४ जेठ १० गते, २०६८ पुस २५ गते तथा त्यसपछि पनि पटक–पटक प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल ट्रस्टको कार्यालयमा निरन्तर पहल गर्दै आएको पनि उहाँले बताउनुभयो ।
साथै, सर्वसाधारण जनताका छोराछोरीलाई सुलभ शुल्कमा चिकित्सा शिक्षा प्रदान गर्ने उद्देश्यले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय स्थापना गर्ने पहल भइरहेको र उक्त जग्गामा विश्वविद्यालय स्थापना गर्ने नगरपालिकाको योजना रहेको उहाँले बताउनुभयो ।
नेपाल ट्रष्ट कार्यालयका सहसचिव सुमन घिमिरेले भक्तपुर नगरपालिका वडा नं. १, सल्लाघारीस्थित १०८ रोपनी जग्गाको संरक्षण राम्रोसँग भइरहेको बताउँदै नेपाल ट्रस्टको स्वामित्वमा रहेको सम्पत्तिको उपयोग, संरक्षण तथा प्रवद्र्धनका लागि अध्ययन टोली गठन गरी सम्भावित उपयोगका क्षेत्रहरूको पहिचान गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।
ट्रस्टअन्तर्गतका जग्गाहरूको व्यावसायिक सम्भाव्यता अध्ययन गरी उपयोग गर्ने तथा यसका लागि नेपाल ट्रस्ट कार्यालय र भक्तपुर नगरपालिकाबिच आपसी समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
भेटघाटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत श्रीमती जमुना मिश्र, नेपाल ट्रस्ट कार्यालयका उपसचिव सोमराज बराल, बोर्ड सदस्य ध्रुव चालिसे र जग्गा सदुपयोग अध्ययन समितिका संयोजक सुयोग रेग्मी, पूर्वाधार सचिवालयका सन्दिप पन्थी तथा इन्जिनियर शुभम गुप्ता, प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति थियो ।
Leave a Reply