कृपा प्रजापतिलाई दोस्रो किस्ताको बीउ पुँजी हस्तान्तरण
- आश्विन १३, २०८३
काठमाडौँ, १२ असोज । संयुक्त राज्य अमेरिकाको आक्रामक नीतिका कारण अमेरिका विश्वबाट एक्लिँदै छ भने राष्ट्रपति डोनाल्ड ट्रम्प उदाङ्गिँदै छन् । अमेरिकाको हरेक राजनीतिक गतिविधि विश्वका न्यायप्रेमी, शान्तिकामी र देशभक्त जनताको विरोधमा रहेको छ । अरू देशलाई कमजोर बनाउन आन्तरिक कलह बढाउने, जुधाउने, लडाउने, हतियार बिक्री गर्ने, आक्रमण गरेर जनधनको क्षति पु¥याउने तथा शक्तिको दम्भमा टेकेर अरू देशका प्राकृतिक स्रोत र साधन कब्जा गर्ने काम नै अमेरिकाको उद्देश्य रहेको छ ।
आफ्नो विचारसँग नमिल्ने तथा साम्राज्यवादी नीतिको विरोध गर्ने देशका राष्ट्रप्रमुख र जनतालाई बम वर्षा गरेर तर्साउने, हत्या गर्ने, पक्राउ गर्ने तथा तेलको खानी नदिए ध्वस्त पार्ने चेतावनी दिनेबाहेक अमेरिकाले विश्वमा शान्ति छर्ने, विश्वलाई सुरक्षित बनाउँदै सबै देशलाई विकास गर्ने सपना कहिल्यै बोकेको पाइँदैन । अहिले त अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय व्यवस्थाको विश्वसनीयतामाथि शङ्का गर्न थालिएको छ । आफूलाई विश्वास गर्ने युरोपेली देशहरू पनि अमेरिकी प्रशासनको आक्रामक नीतिको विरोध गर्दै अमेरिकाबाट टाढिँदै छन् । स्वाधीन र सार्वभौम देशका राष्ट्रप्रमुख र जनतामाथि बम वर्षा गरेर ध्वस्त पार्ने नियत बोकेका अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनमा शक्तिको घमण्डबाहेक विश्वका मुलुकको विकास गरी शान्ति स्थापना गर्ने र विकास गर्ने सपना कहिल्यै देखिएन ।
अमेरिकी सेनाले जनवरी ३ मा भेनेजुयलामा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेर संरा अमेरिका लग्यो । पक्राउ गरेर अमेरिका लगेको आठ महिना भइसक्यो । अझै छोडिएको छैन । भेनेजुयलाको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने अमेरिकी हस्तक्षेपको विषयमा संयुक्त राष्ट्र सङ्घले खासै बोलेको
पाइँदैन । संयुक्त राष्ट्र सङ्घले पक्राउ गर्न नहुने हो भनी दुखेसो पोख्ने होइन, अन्तर्राष्ट्रिय नियम मिच्ने अमेरिकी राष्ट्रपति ट्रम्पमाथि कारबाही गर्नुपर्ने हो । भेनेजुयलामाथि गरिएको आक्रमण, हस्तक्षेप र दबाब भेनेजुयलाको तेल भण्डार कब्जामा लिनको लागि हो । त्यहाँको तेलखानी तथा खनिज क्षेत्रमा आँखा गाड्नु अथवा आफ्नो हातमा लिनु नै अमेरिकाले भेनेजुयलामा गिद्धेदृष्टि राख्नुको कारण हो । यो कुरा संयुक्त राष्ट्र सङ्घलाई थाहा नभएको होइन । तर, संयुक्त राष्ट्र सङ्घ अमेरिकाले जस्तो नीति, नियम र सहमति उल्लङ्घन गरे पनि बोल्दैन ।
अमेरिका र इजरायल मिलेर इरानमा आक्रमण गरी इरानी नेताको हत्या गर्नुको कारण पनि तेलखानीकै प्रकरण हो । इरानमा रहेको तेल सस्तोमा लिन वा आफ्नो कब्जामा राख्न अमेरिकाले आफ्नो भएभरको शक्ति प्रदर्शन गर्दै छ । अमेरिकी राष्ट्रपति ट्रम्प अरू देशका राष्ट्रप्रमुखहरूलाई नष्ट गर्ने धम्की दिनेबाहेक अरू केही गर्दैनन् । अमेरिकाले इजरायलसँग मिलेर इरानमा आक्रमण गरी ठुलो क्षति पु¥याएपछि पश्चिम एसियामा मात्र होइन, विश्वको राजनीतिमा नै तरङ्ग र हलचल आएको छ । इजरायल र प्यालेस्टिन, युक्रेन र रुस तथा अमेरिका–इजरायल र इरानबिच भइरहेको युद्धले कतै तेस्रो विश्वयुद्ध त हुने होइन भन्ने विश्लेषणसमेत एक समय भएको थियो । अमेरिकाझैँ अरू देशहरू पनि लागेमा आक्रमणको निन्दामात्र होइन, विश्वका मुलुकहरू प्रतिकारमा गएका भए अर्को विश्वयुद्ध हुन बेर लाग्दैन । अरू देशहरूको संयमता र शान्तिको चाहनाले मात्र विश्वयुद्ध नभएको विश्लेषण पनि नभएको होइन ।
अमेरिकाले संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेझैँ अरू देशहरू अघि सरेका भए अमेरिका पनि आगोमा दनदन बल्नेछ र अमेरिकामा अतुलनीय क्षति हुनेछ । अमेरिकी आक्रमणकै कारण विश्वमा तेलको मूल्य बढेको छ । होर्मुज जलडमरुको अस्थिरताले विश्वको तेल आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष असर परेको छ । ट्रम्पले इरानमाथि हमला गर्दा आफ्ना सहयोगी देशहरूले समर्थन गरेनन् । नाटोमा संलग्न कतिपय देशहरू पनि अमेरिकाको समर्थनमा लागेका छन् । यसरी एक–एक पाइला गर्दै नाटो, युरोपेली देश र साम्राज्यवादविरोधी अन्य देशहरू अमेरिकाको विपक्षमा गएका छन् । सारमा, विश्वका मुलुक र न्यायप्रेमी जनता आतङ्ककारी अमेरिकाको विरोधमा छन् । यसरी विश्वमा अमेरिकाको विरोध बढ्दै छ । यो सकारात्मक पक्ष हो । विश्वमा शान्ति कायम गर्न र सुरक्षित रहन साम्राज्यवादी आक्रमणको भत्र्सना गर्नैपर्छ† साम्राज्यवादी नीतिको विरोध गर्नैपर्छ ।
Leave a Reply