भर्खरै :

वागीश्वरीद्वारा बाढीपीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैयाँ सहयोग

वागीश्वरीद्वारा बाढीपीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैयाँ सहयोग

भक्तपुर, १२ असोज । गत भदौ १० गते बुधबार रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लालगायत विभिन्न भागमा पु¥याएको मानवीय र भौतिक क्षतिप्रति वागीश्वरी परिवारले दुःख व्यक्त गर्दै विज्ञप्ति निकालेको छ ।
विद्यालयले प्राकृतिक विपद्मा परी ज्यान गुमाउने मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । यस विषम परिस्थितिमा प्रभावित नागरिकहरूका लागि राहत तथा पुनस्र्थापनाका लागि वागीश्वरी माध्यमिक विद्यालय र कलेज परिवारको तर्फबाट सङ्कलित सहयोग रकम रु. ११ लाख ९५ हजार ३३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको जानकारी गराइएको छ ।
वागीश्वरी माध्यमिक विद्यालयबाट संस्थागत २ लाख, शिक्षक कर्मचारीबाट ७ लाख २५ हजार ८२९ रुपैयाँ, विद्यार्थीबाट ५४ हजार ४१८ रुपैयाँ, प्रा.डा. सिद्धिवीर कर्माचार्यबाट ४४ हजार ४४४ रुपैयाँ गरी १० लाख २४ हजार ६९१ रुपैयाँ रकम दाखिला भएको छ ।
वागीश्वरी कलेजबाट संस्थागत ५० हजार रुपैयाँ, शिक्षक कर्मचारीबाट ६१ हजार ९ रुपैयाँ, विद्यार्थीबाट ८ हजार गरी १ लाख १९ हजार ९ रुपैयाँ रकम दाखिला भएको छ । त्यस्तै, वागीश्वरी कलेज अफ म्यानेजमेन्टको तर्फबाट संस्थागत २५ हजार रुपैयाँ, शिक्षक कर्मचारीबाट १९ हजार ४५३ रुपैयाँ, विद्यार्थीबाट सङ्कलित ७ हजार १८० रुपैयाँ गरी जम्मा ५१ हजार ५३३ रुपैयाँ रकम दाखिला भएको छ ।
दाखिला भएका भौचरसहितको पत्र जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले हन्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *