सरकारी विज्ञापन निषेध गर्ने सरकारी निर्णय गलत साबित
- असार ३१, २०८३
प्रजग कोरिया र दक्षिण कोरियाबीच आगामी अगस्ट २०–२६ सम्म विछोडिएको कोरियाली परिवारबीच पुनर्मिलन गर्ने निर्णय भएको छ । दुई पक्षबीच भएको सहमतिअनुसार प्रजग कोरियाको कुमका· पर्वतमा दुवै पक्षका एक–एक सय जना विछोडिएका परिवारको पुनर्मिलन गरिनेछ । दुवै देशका रेडक्रस प्रतिनिधिहरूबीच भएको बैठकले त्यस्तो सहमति भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।
संरा अमेरिकी साम्राज्यवादी हस्तक्षेपका कारण कोरिया सन् १९४८ मा दुई भागमा विभक्त भएको थियो । सो विभाजनको मारमा परी धेरै कोरियाली परिवारहरू पनि विभाजित भए । सन् १९५०–५३ सम्म प्रजग कोरिया र संरा अमेरिकाबीच भएको युद्धका क्रममा कोरियाली जनता अझ टाढा रहन बाध्य भए । संरा अमेरिकी हस्तक्षेपकै कारण आज पनि कोरियाली जनता दुई देशमा विभक्त भएर बस्न बाध्य छन् । दक्षिण कोरियामा तैनाथ संरा अमेरिकी सेना र हतियारका कारण उनीहरू यो अवस्था भोग्न बाध्य भएका हुन् ।
तर कोरियाली जनताले भने सदैव दुई देशको शान्तिपूर्ण एकता चाहिरहे । विभाजन भएको झण्डै सात दशकको अन्तरालमा कोरिया प्रायःद्वीपको शान्तिपूर्ण पुनःएकीकरणको लागि धेरै पटक धेरै किसिमका प्रयास भए । तथापि विशेषतः जी–७ मा आबद्ध देशहरूले ती प्रयासलाई सफल हुन दिएनन् । बरु फुट गर र राज गरको नीति कोरियाली प्रायःद्वीपमा लागु गरिरहे ।
तर समय पोखरीको पानीजस्तै जमेर बसिरह“दैन । आज समयमा परिवर्तन भएको छ । दुवै कोरियाका जनता आज शान्तिपूर्ण पुनःएकीकरणको प्रक्रियालाई अब मूर्त र तीब्र बनाउन लागिरहेका छन् । अप्रिल २७ मा प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनबीचको तेस्रो अन्तरकोरियाली शिखर वार्ता पछाडि विकसित अवस्थाले कोरियाली प्रायःद्वीपको शान्तिपूर्ण एकीकरणको कोरियाली सपना पुरा हुने प्रक्रियाको शुरुवात भएको देखापर्दछ । दुवै देशले आ–आफ्नो सिमानामा राखेका एक अर्कोविरुद्ध बोल्ने ठूलठूला ध्वनियन्त्रहरू निकालेका छन् । दुवै देशका सेनाका उच्च पदस्थ पदाधिकारीहरूबीच वार्ता भएका छन् । यसैक्रममा जून १२ मा प्रजग कोरियाली नेता किम र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सि·ापुरमा वार्ता भयो । किमले यसबीच चीनको र मुनले रुसको पनि भ्रमण गरिसकेका छन् । यी सबै घटनाले आधा शताब्दीभन्दा लामो समयदेखि तनावमा रहने गरेको कोरियाली प्रायःद्वीपमा शान्ति स्थापनाको ढोका खुल्दै गरेको अवस्था छ ।
यसै शिलशिलामा दुई कोरियाबीच विछोडिएका परिवारबीचको पुनर्मिलन कार्यक्रमले यो अभियानलाई अझ बलियो बनाउने पक्का छ । दुई देशका सरकार–सरकारबीच सकारात्मक सहमतिलाई जनस्तरसम्म विकास गर्न बल पुग्नेछ । त्यसो त यसअघि पनि विछोडिएका परिवारबीच पुनर्मिलनका कार्यक्रम पटक पटक भइसकेका छन् । तर पछिल्लो बदलिंदो अन्तर्राष्ट्रिय परिस्थितिमा अगस्तमा हुन लागेको यो पुनर्मिलनको विशिष्ट अर्थ रहनेछ । कोरियाली जनताका नेता मिक इल स·को समयदेखिको यो सपना बिना विदेशी हस्तक्षेप पुरा हुने आशा र कामना गरौं । साथै मानवताविपरीत साम्राज्यवादी हस्तक्षेपका कारण विछोडिएका परिवार स्थायीहरूमा एक अर्कोको अंगालोमा बा“धिन पाउने दिनको कामना गरौं । कोरिया एक हो भन्ने भावनालाई सार्थक बनाउन सके संसारमा शान्ति स्थापना गर्ने कार्यभार पुरा हुनेछ ।
Leave a Reply