भर्खरै :

सुन तस्करीका मुख्य दोषी समात्न सरकार असफल

भक्तपुर, ९ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कैलाली–काठमाडौं सम्पर्क समितिको आयोजनामा हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘माक्र्स–एंगेल्सको सङ्क्षिप्त जीवनी’ पुस्तिकाबारे शनिबार अन्तरक्रिया कार्यक्रम एवं विद्यार्थी भेला भएको छ ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले माक्र्स र एंगेल्सको कृति अध्ययन गरेर समाज विकासको नयाा नियमबारे ज्ञान हासिल गर्न सकिने बताउनुभयो ।
उहााले भन्नुभयो, माक्र्स–एंगेल्सले समाजवाद र साम्यवादको विषयमा धेरै किताब लेखेको हुादा ती कृतिहरू एक÷एक अध्ययन गरी समाजवाद र साम्यवादी व्यवस्थाबारे जनतालाई शिक्षित गर्नु आवश्यक छ ।’
समाजवादी व्यवस्थामा आर्थिक समानता हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने बताउादै उहााले साम्यवादी व्यवस्थामा शोषणको अन्त्य हुने, कसैले कसैलाई शोषण गर्न नपर्ने र जनताका लागि आवश्यकताअनुसार उपभोग्य सामानको वितरण हुने उल्लेख गर्नुभयो ।
कम्युनिष्ट भनिने नेकपाका ओली र प्रचण्डको सरकारले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई अनुसरण नगरेको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, ‘अहिलेको सरकारले राणा, पञ्चायत र नेपाली काङ्ग्रेसले जस्तै शासन गरिरहेको हुादा जनता र विद्यार्थीलाई सचेत गरी स·ठित गर्नु आवश्यक छ ।’
सरकारमा गएका पार्टीहरूले आफ्नै जानकारीमा अनियमितता गराइरहेको हुादा समाजमा गलत प्रवृत्तिका मानिसको राज भइरहेको उहााले बताउनुभयो ।
सरकारले सुन तस्करीको मुख्य अपराधी पत्ता लगाउन नसकेको, जनतालाई सफा खानेपानी उपलब्ध गराउन नसकेको र विकासको निर्माणको कार्यमा कमिसन खाइरहेकोबारे जनतालाई सचेत पार्दै लानु अहिलेको आवश्यकता हो, सांसद सुवालले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले माक्र्स–एंगेल्सको जीवनीबाट धैर्यता र निरन्तरताजस्ता गुणहरू सिकी पार्टी स·ठनमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले पनि बोल्नुभएको कार्यक्रममा सहभागीहरूले पुस्तकबारे आ–आफ्नो बुझाइ राख्नुभएको थियो ।
भेलाले ईश्वर शाहीको अध्यक्षतामा १२ सदस्यीय नेक्राविसङ्घ काठमाडौं–कैलाली सम्पर्क समिति पुनःगठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *