तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
पर्सा, ९ असार । नेपाल मजदुर किसान पार्टी पर्सा जिल्ला समितिको आयोजनामा शुक्रबार सखुप्रसौनी गाउापालिकाको मधुवनमा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले मजदुर–किसान तथा समाजको तल्लो वर्गको पक्षमा काम गर्ने सरकार अझै आइनसकेको चर्चा गर्दै वर्तमान ओली सरकार पनि पुाजीपति वर्गकै इसारामा चलिरहेको प्रस्ट पार्नुभयो ।
नेमकिपाले जमिन जोत्नेलाई दिने बन्दोबस्त गर्न, स्वदेशमै मलखादको कारखाना खोल्न, सिंचाइको राम्रो बन्दोबस्त गर्न, नयाा–नयाा बीउबिजन उपलब्ध गराई किसानहरूको हितमा काम गर्न सरकारलाई सदन र सडकबाट दबाब दिइरहेको उहााले बताउनुभयो ।
नक्कली कम्युनिष्टहरूले जनताको विश्वास गुमाउादै जाने बताउादै प्रदेशसभा सदस्य गोसाईले किसान सङ्घर्षको बाटो नै तराईका जनताको वास्तविक मुक्तिको बाटो भएको उल्लेख गर्नुभयो ।
पार्टीका अर्का वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना सैंजूले सर्वहारा वर्गका महान् गुरू कार्ल माक्र्सले पुाजीपति वर्गद्वारा मजदुर वर्गमाथि हुने शोषण सदाको लागि अन्त्य गर्ने वैज्ञानिक समाजवादको बाटो देखाउनुभएको बताउनुभयो ।
महिलाहरू सचेत भए, छोरीहरू शिक्षित भए समाज परिवर्तनले लामो अवधि नलिने चर्चा गर्दै सांसद सैंजूले पुाजीपति वर्ग तथा सामन्त वर्गको शोषण र अन्यायविरूद्धको सङ्घर्षमा महिलाहरूको भूमिका महŒवपूर्ण रहने बताउनुभयो ।
नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साहले शासक पार्टीहरू विकास निर्माणको नाउामा भ्रष्टाचार गर्न व्यस्त रहेको बताउनुभयो ।
उहााले अनियमितता, भ्रष्टाचार र पक्षपातविरूद्ध नेमकिपाले सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
कार्यक्रममा स्थानीय कार्यकर्ता ब्रह्मदेव र श्याम गान्धीले पनि बोल्नुभएको थियो ।
Leave a Reply