अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका
(शुक्रबार भएको भक्तपुर नगरपालिकाको तेस्रो नगर परिषद्मा नगर प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको पूर्ण विवरण प्रस्तुत छ–सं)
नगरसभासदज्यूहरू,
प्रजातन्त्र पुनःस्थापनाको लागि विभिन्न चरणमा भएका जनआन्दोलन र सङ्घर्षहरूमा आफ्नो जीवन बलिदान दिने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै आन्दोलनमा घाइते भएका, प्रवास र भूमिगत भएर राजनैतिक तथा सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने वीर योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।
२०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका हामी उम्मेदवारलाई भक्तपुरबासी दाजुभाइ तथा दिदी बहिनीहरूले अत्यधिक मत दिएर विजयी बनाउनुभएकोमा हामी जनप्रतिनिधिहरूको तर्फबाट पुनः हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
२०७४ जेठ ७ गते हामीले शपथ ग्रहण ग¥र्यौं । हामीले जिम्मेवारी बहन गरेको १ वर्ष १ महिना बित्यो । यस अवधिमा भक्तपुर र भक्तपुरबासी जनताको हितलाई ध्यानमा राखेर हामीले निरन्तर काम गर्दै आएका छौं । १५ वर्षसम्म जनप्रतिनिधिविहीन अवस्थापछि हामी जनप्रतिनिधिहरू बहाल भएर काम गर्नुपर्दा अनेकौं समस्याहरू नआएका होइनन् । आवश्यक कानूनको अभावमा सरकारको आदेशकै भरमा महिनौं काम गर्नुपर्ने अवस्था भयोे । प्रदेशसभाको निर्वाचन भई नसकेको र सङ्घीय सरकारले स्पष्ट नीति निर्देशन र आवश्यक कानुन निर्माण नगरिसकेको अवस्थामा देशभरका स्थानीय तहहरूले जनभावनाअनुसार काम गर्ने वातावरण बनेन । नेपालको संविधान २०७२ लागू भएपछिको पहिलो निर्वाचन र सङ्घीयताको पहिलो अभ्यासको कारण हामीले विभिन्न अप्ठेराहरूको सामना गर्नुप¥यो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएपछि स्थानीय तहहरूले काम गर्न केही हदसम्म सहज भयो । ऐनअनुसार २०७५ चैत्र २८ गतेभित्र जिल्लास्तरीय विभिन्न कार्यालयहरू नगरपालिकाअन्तर्गत आउनुपर्ने थियो तर एकाधबाहेक अहिलेसम्म कार्यालयहरू हस्तान्तरण भएका छैनन् । एकातिर जिम्मेवारी थपिंदै जानु अर्कोतिर आवश्यक कर्मचारीहरू थप्न सरकारले रोक लगाउनु स्वायत्तताको नीतिविपरीत छ । स्थानीय तहहरूलाई कर्मचारी नियुक्ति गर्न रोक लगाउनु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप हो । स्थानीय तह व्यवस्थित रुपमा सञ्चालन गर्नको निम्ति आवश्यक सबै पदहरूमा कर्मचारीहरू राख्ने अधिकार स्थानीय तहहरूलाई नै दिइनुपर्छ । स्थानीय तह संविधानबमोजिम आफ्नो इलाकाभित्र स्वायत्त सरकार भएको हुँदा कुनै पनि क्षेत्रको हस्तक्षेपले निरङ्कुश राजतन्त्रको स्मरण गराउँछ र यो संविधान सम्मत पनि छैन ।
नेपाल सरकारले आ.व.२०७५÷७६ को बजेटमा सांसदहरूलाई रु.४ करोडको दरले बजेट व्यवस्था गरेको छ । प्रदेशसभाका सांसदहरूलाई पनि प्रदेश सरकारले बजेटको व्यवस्था ग¥यो । सांसदहरूको मुख्य काम र कर्तव्य देशको निम्ति आवश्यक नीति निर्माणमा केन्द्रित भई कानुनहरू निर्माण गर्नु हो । विकास बजेट भनी छुट्याइएको बजेटले सङ्घीय सांसदहरूलाई पनि विकासको कार्यकर्ता बनाई विकास कार्यमा दोहोरोपनको जटिलता थपिने छ । विकास निर्माणको काम स्थानीय तहको हो । सांसदहरूको नाममा छुट्याइएको बजेट खारेज गरी स्थानीय सरकारको खातामा जम्मा गर्न जोड्दार माग गर्दछौं ।
निर्वाचनको बेला घोषणापत्रमार्फत जनतालाई वचन दिएअनुसार हामीले एक वर्षमा शिक्षा, स्वास्थ्य, विकास निर्माण, सर—सफाइ, खेलकुद, सम्पदा संरक्षणलगायतका क्षेत्रमा कार्य ग¥यौं । यो एक वर्ष हामी जनप्रतिनिधिहरूको लागि विकास निर्माणको आधार तयारी वर्ष बन्यो । यही आधारमा टेकेर आगामी आर्थिक वर्षमा भक्तपुरको विकास निर्माणमा जुट्ने हाम्रो सङ्कल्प हो ।
आ.व. २०७५।७६ मा भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौं —
नगरसभा सदस्यज्यूहरू,
शिक्षा ः
१) भक्तपुर नगरपालिकाले ख्वप कलेज, ख्वप इ. कलेज, ख्वप कलेज अफ ईन्जिनियरिङलगायत सात वटा शैक्षिक संस्थाहरू सञ्चालन गरेर सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएसँगै आधारभूत तहदेखि मा.वि. कक्षासम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहमा आएको छ । भक्तपुर नगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरू रहेकोमा यस वर्षदेखि सामुदायिक र संस्थागत विद्यालयहरूको शैक्षिकस्तरको अन्तर कम गर्दै लैजाने प्रयास गरिने छ । सामुदायिक विद्यालयको भौतिक सुधार गर्न अनुगमन गरी आर्थिक सहयोगको नीति बनाई लागू गरिने छ ।
नगरपालिकाद्वारा सञ्चालित विद्यालय÷कलेजहरूमा चित्रकला, ज्योतिष शास्त्र वा नक्षत्र विज्ञानको कक्षा सञ्चालन गर्न तयारी गरिने छ ।
२) ख्वप विश्वविद्यालय स्थापनाको लागि भक्तपुरबासी जनताले लामो समयदेखि प्रयास गर्दै आएका हुन् । २०७३ सालमा ख्वप विश्वविद्यालय विधेयक संसदमा दर्ता भई सांसदहरूको हात–हातमा वितरणसमेत भईसकेको थियो । नेपालको संविधान निर्माण भई संविधानबमोजिम नयाँ संसदसमेत गठन भइसकेको अवस्थामा ख्वप विश्वविद्यालय स्थापनाको लागि आवश्यक तयारी गर्न कार्यदल गठन गरिने छ ।
३) भक्तपुर नगरक्षेत्रभित्र विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई २१ औं शताब्दीको लागि योग्य बनाउन शिक्षकहरूलाई नेपाली, अङ्ग्रेजी, विज्ञान र गणित विषयमा विशेष तालिमको बन्दोबस्त गरिने छ ।
४) जनज्योति पुस्तकालय यस वर्ष भनपा २ स्थित शहीद स्मृति खेल मैदाननजिक सारिएको छ । त्यसलाई आधुनिक र स्तरीय पुस्तकालय बनाउन पाठकहरूको माग र आवश्यकताअनुसारका पुस्तकहरू थपिंदै लगिनेछ र इ. लाइबे्ररीको समेत व्यवस्था गरिने छ । वडा वडामा सुस्त अवस्थामा रहेका पुस्तकालय र वाचनालयहरूलाई आवश्यक सहयोग उपलब्ध गराई सञ्चालनमा ल्याउन उत्साहित गरिने छ ।
५) भक्तपुरको खानेपानी, शिक्षा, सरसफाइ, सम्पदा, परम्परागत शैलीका घरहरू वा भक्तपुर नगरपालिकासँग सम्बन्धित कुनै पनि विषयमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरूलाई आर्थिक अनुदानको व्यवस्था मिलाइने छ । साथै विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीहरू भक्तपुर नगरपालिकामा इन्टर्न गर्न चाहेमा आवश्यकताअनुसार सोको व्यवस्था मिलाइने छ ।
६) स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरी यसै शैक्षिक वर्ष २०७५ देखि कक्षा १ र ६ को स्थानीय पाठ्यक्रम सबै विद्यालयहरूमा अध्यापन सुरु भएको छ । त्यसलाई निरन्तरता दिँदै शैक्षिक वर्ष २०७६ देखि आधारभूत तह कक्षा १ देखि कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रमसँगै नेपाल भाषाको पाठ्यक्रमसमेत तयार गरी लागू गरिने छ । साथै स्थानीय पाठ्यपुस्तक पनि क्रमशः तयार गर्दै लगिने छ । स्थानीय पाठ्यक्रम लागू भएपछि भक्तपुर नगरभित्र अध्ययन गर्ने हरेक विद्यार्थीले भक्तपुरको इतिहास, भूगोल, नेपाल भाषाका प्रचलित र रञ्जना लिपि, खेलकुद, संस्कृति, सम्पदा आदिबारे जानकारी हासिल गर्नेछन् ।
७) आ.व. २०७५।७६ मा स्थानीय भाषा कला—संस्कृति, राजनीति वा सम्पदा सम्बन्धमा भनपाले पुस्तक प्रकाशन गर्नेछ । ‘भक्तपुर’ मासिक पत्रिकालाई निरन्तरता दिंदै कानुनबमोजिम राजपत्रलाई नियमित प्रकाशन गरिने छ ।
८) संस्थागत विद्यालयहरूलाई कार्यविधि बनाई क्रमशः गुठी तथा सहकारीमार्फत संचालन गर्दै लैजाने व्यवस्था मिलाइने छ ।
९) इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपाल भाषा र संस्कृत विषयमा अध्ययन गर्ने विद्यार्थीहरू घट्दै गएको हुँदा ती विषय लिई स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरूलाई निश्चित रकम तोकी छात्रवृत्तिको व्यवस्था गरिने छ । साथै उच्च शिक्षा हासिल गर्न चाहने योग्य र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरूलाई प्रमाण—पत्र धितो लिई रु. ५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था मिलाइने छ । यसले न्यून आय भएका विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुनुपर्ने छैन ।
१०) नगरमा चिकित्साशास्त्रमा स्नातकोत्तर तहका चिकित्सकहरूको कमी भएको कारण चिकित्साशास्त्रअन्तर्गत विभिन्न विषयहरूमा एम.डी. वा सोसरह स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीहरूमध्ये यो वर्ष २ जनालाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइने छ । छात्रवृत्ति पाउने चिकित्सकहरूले कम्तिमा ५ वर्ष ख्वप अस्पतालमा पूर्णकालीन सेवा गर्नुपर्नेछ ।
संस्कृतिः
११)भक्तपुर कला संस्कृति र सम्पदाले भरिएको नगर हो । ती कला, संस्कृति र सम्पदाहरूको संरक्षणमा यहाँका स्थानीय जनताको ठूलो योगदान रहँदै आएको छ । ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नारालाई सार्थक बनाउन निरन्तर सांस्कृतिक क्षेत्रमा लागेर हाम्रो कला र संस्कृतिको संरक्षणमा योगदान गर्नुहुने वडा वडाका दाफा, भजन वा परम्परागत नाचगानका गुरुहरूको निरन्तरको परिश्रमको सम्मान गरिने छ ।
१२) गाईजात्रालाई व्यवस्थित, अनुशासित र मर्यादित रुपले सम्पन्न गर्न प्रतियोगिता आयोजना गरिने छ । परम्परागत र आधुनिक विधाका साँस्कृतिक टोलीहरूलाई प्रतिस्पर्धा गराई मूल्याङ्कनको आधारमा पुरस्कारको व्यवस्था गरिने छ । यसबाट गाईजात्रा पर्वमा प्रदर्शन हुने परम्परागत र आधुनिक विधाका साँस्कृतिक टोलीहरूलाई प्रोत्साहन मिल्ने हाम्रो विश्वास छ ।
१३) उचित संरक्षणको अभावमा हाम्रा कतिपय परम्परागत संस्कृतिहरू लोपोन्मुख अवस्थामा छन् । समयमै नयाँ पुस्तालाई तयार गर्न नसकेमा हाम्रा ती परम्परागत बाजाहरू, साँस्कृतिक टोलीहरू इतिहासमा मात्रै सीमित हुने सम्भावना छ । त्यसलाई ध्यानमा राखेर नयाँ पुस्तालाई उत्साहित गर्न सास्कृतिक प्रशिक्षणहरू सञ्चालनको व्यवस्था गरिने छ । समय समयमा ती बाजा तथा साँस्कृतिक समूहहरूबीच प्रतियोगिताहरू सञ्चालन गरी उत्साहित गरिने छ ।
१४) भक्तपुर नगरमा साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका थुप्रै मठ, मन्दिर, पाटीपौवा, ढु·ेधारा, सत्तल पोखरीलगायत सम्पदाहरू छन् । लोप भइसकेका सम्पदाहरूको उत्खनन् गर्ने, लोपोन्मुखहरूको संरक्षण गर्ने र राम्रो अवस्थाका सम्पदाहरू जस्ताको तस्तै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हामी आफ्नो दायित्व ठान्दछौं ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार भक्तपुर नगरपालिकाको पुरानो क्षेत्रलाई सीमाङ्कन गरी साँस्कृतिक नगर घोषणाको लागि कार्यदल गठन गरी तयारी अगाडि बढाइने छ ।
१५)सांस्कृतिक सम्पदाको संरक्षणलाई पर्यटन विकाससँग जोड्ने नीति लिइने छ । पर्यटकहरूको बसाइ लम्ब्याउन र रात्रीकालीन पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्न सकिएमा आर्थिक गतिविधिहरू बढ्ने छन् र स्थानीय जनताको रोजगारीमा सहयोग पुग्नेछ । यो वर्ष पर्यटकहरूका लागि पायक पर्ने ठाउँमा साँस्कृतिक केन्द्र स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरिने छ । साथै भक्तपुरको सांस्कृतिक र जनजीवन झल्किने साँस्कृतिक सङ्ग्रहालयको लागि तयारी अगाडि बढाइने छ ।
स्वास्थ्यः
१६) भनपाले च्याम्हासिंह, भगवती स्थान र व्यासी गरी ३ वटा जनस्वास्थ्य सेवा केन्द्रहरूमार्फत बिरामीहरूको उपचार गर्दै आएको छ । यो वर्ष च्याम्हासिंहस्थित जनस्वास्थ्य सेवा केन्द्र रहेको स्थानमा आधुनिक ख्वप अस्पतालको भवन निर्माण कार्य प्रारम्भ गरिने छ । त्यसको निम्ति आवश्यक बजेट विनियोजन गरिने छ ।
१७)नगरवासीहरूको स्वास्थ्य सेवालाई ध्यानमा राखेर घर–घरमा नर्सिङ सेवा प्रदान गर्दै आएकोमा त्यसलाई अझ प्रभावकारी बनाउन वडा वडामा स्वास्थ्य शिविरहरू सञ्चालन गरिने छ । भनपा वडा नं. २ व्यासीमा सञ्चालित सहरी स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिने छ ।
१८)आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्र भक्तपुर शाखामार्फत् मात्रै बिरामीको निःशुल्क उपचार हुँदै आएकोमा त्यसलाई अझ प्रभावकारी बनाउन नगरका वडा वडामा सेवा विस्तार गरिने छ । नयाँ पुस्तालाई पनि आयुर्वेदिक स्वास्थ्य उपचारबारे जानकारी दिन विद्यालयहरूमा समेत प्रशिक्षणहरूको व्यवस्था मिलाइने छ । चिनियाँ प्राचीन चिकित्सा विज्ञान, होमियोीयाथी आदि चिकित्सा शास्त्रबारे पनि अध्ययन गराउन सम्भाव्यता अध्ययन सुरु गरिने छ ।
१९)क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया तथा मस्टिष्कघातजस्ता कडा रोग लागेका नगरबासीहरूलाई नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति रु. १०,०००।— का दरले उपचार सहयोग रकम प्रदान गरिने छ ।
विकास निर्माण ः
२०) भनपा वडा नं. १ स्थित भाज्या पोखरीको पुनः निर्माण कार्य अगाडि बढाइनेछ । प्राचीन शैलीको मन्दिर सहितको डिजाइन तयार भइसकेको हुँदा त्यसको स्ट्रक्चरल एनालाइसिस गरी निर्माण कार्यलाई अगाडि बढाइने छ । स्थानीय जनताको सहभागिता, गुणस्तरीय र कम लागतमा निर्माण सम्पन्न गर्न उपभोक्ता समिति र अमानतबाट निर्माण गर्ने नीति चालू राखिने छ ।
२१) भक्तपुर नगरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न आवश्यक सुधारहरू गरिने छ । नगरको मुख्य सडक च्याम्हासिंहदेखि भार्वाचोसम्मको सडक ढुङा छपाई कार्यलाई निरन्तरता दिइने छ । त्यसले नगरको सुन्दरता बढ्नुको साथै सफाइमा सुधार हुने हाम्रो अपेक्षा छ । त्यसको लागि आवश्यक बजेट व्यवस्था गरिने छ ।
२२) सञ्चारको आधुनिक सुविधाबाट जनताले फाइदा लिन सकून् भन्ने उद्देश्यले भक्तपुरका महत्वपूर्ण क्षेत्रहरूमा फ्री वाइफाइ ँचभभ ध्क्ष्ँक्ष् सेवा उपलब्ध गराउनेतर्फ ध्यान दिइने छ ।
२३) बालबालिकाहरूको लागि बालोद्यानको आवश्यकता महसुस गरी नगरको उपयुक्त ठाउँहरूमा बालोद्यान निर्माण गरिने छ ।
२४) दरवार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र पर्यटकहरूको आकर्षणका केन्द्र हुन् । ती ठाउँहरूमा बत्तीको उचित व्यवस्था नहुँदा रातीको समयमा आन्तरिक र वाह्य पर्यटकहरूले अप्ठेरो बोध गरिरहेका छन् । आ.व २०७५।७६ मा ती सम्पदा क्षेत्रहरूमा रात्रिकालीन पर्यटकहरूको लागि मिल्ने गरी आधुनिक बत्तीको व्यवस्था गरिने छ ।
२५)विद्युत् प्राधिकरण, दूर सञ्चार र केबल नेटवर्कहरूले जथाभावी राखेका तार र खम्बाहरूको कारण नगरको सन्दरतामा कमी आएको छ । दृश्य प्रदुषणलाई कम गरी सुन्दर र सफा नगर बनाउन नगरको जताततै छरपष्ट रुपमा रहेका तार र पोलहरूलाई भूमिगत गर्न सम्बन्धित निकायसँग समन्वय गरी सो कार्यलाई अगाडि बढाइने छ ।
२६) ज्येष्ठ नागरिकहरूको हितलाई ध्यानमा राखेर यो वर्ष नगरपालिका एक्लै वा कुनै संस्थासँग मिलेर संयुक्त रुपमा आवश्यक ऐन नियम बनाई आदर निकेतन सञ्चालनको लागि पहल गरिने छ ।
२७) भक्तपुर नगरपालिकामा विभिन्न कार्यक्रमहरू गर्न सभाभवनको अभाव छ । भनपा वडा नं. ५ स्थित अरनिको सभाभवन पुरातात्विक क्षेत्रमा परेको र २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको हुँदा भक्तपुरवासीले आधुनिक सभाहलको आवश्यकता महसुस गर्दै आएका हुन् । भनपा वडा नं. ६ देकोचास्थित हाल ख्वप कलेज रहेको जग्गा सभाभवन निर्माण प्रयोजनको लागि अधिग्रहण गरिएको हुँदा सोही जग्गामा यो वर्ष सुविधासम्पन्न अरनिको सभाभवन र एउटा नाचघर निर्माण कार्यलाई अगाडि बढाइने छ ।
२८) वडा वडामा विकास निर्माणका कार्यहरू वडा स्तरबाटै सम्पन्न गर्न विगतकै नीतिलाई निरन्तरता दिंदै वडा बजेटको व्यवस्था गरिने छ । वडाभित्रका पाटी पौवा, ढुङेधारा, पोखरीजस्ता सम्पदाहरू संरक्षण गर्ने कार्यमा वडा बजेटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं । चालू आर्थिक वर्षमा सञ्चालित सबै योजनाहरूले निरन्तरता पाउने छन् ।
२९) दरवार क्षेत्रस्थित यस नगरपालिकाको कार्यालय रहेको भवन भूकम्पले क्षतिग्रस्त भएको हुदा उक्त भवन परम्परागत शैलीमा नै पुनः निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।
खेलकूदः
३०) खेलकुद विकासको निम्ति भनपाले भलिबल, फुटबल, टेबुल टेनिस, बक्सिङ र सितेरियो कराँतेको नियमित प्रशिक्षण दिंदै आएको छ । ती खेलहरूका साथै अन्य खेलहरूको प्रशिक्षण पनि सुरु गरिने छ । खेलकुद प्रशिक्षकहरूलाई पूर्णकालीन बनाई नगरपालिकाले छुट्टै कार्यविधि बनाई विद्यालयहरूमा प्रशिक्षणको व्यवस्था मिलाइने छ । विभिन्न उमेरसमूहका नगरबासीहरूलाई स्वस्थ राख्न नगरका विभिन्न स्थानहरूमा शारीरिक व्यायामस्थलको व्यवस्था गरिने छ ।
३१) यस आर्थिक वर्षमा कुनै एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गरिने छ । साथै विद्यार्थीहरूलाई खेलकूदक्षेत्रमा सहभागिता गराउन अन्तरविद्यालय खेलकुद प्रतियोगिताहरू सञ्चालनको कार्यलाई चालू राखिनेछ ।
३२) वडा वडामा गठित खेलकुद समितिहरू सकृय बनाई युवाहरूलाई खेलकुद क्षेत्रमा सहभागिता गराउन खेल सामानहरू वितरण गर्नेे नीति बनाइने छ । मद्यपान, धूमपान र लागू पदार्थको बिक्री वितरण र दुव्र्यसनी नियन्त्रण गरिने छ ।
बजार अनुगमन ः
३३)बजारमा बेचिएका उपभोग्य वस्तुहरूबाट उपभोक्ताहरू ठगिन नपाऊन् भन्ने उद्देश्यले नगरपालिकाले अनुगमन टोली गठन गरी बजार अनुगमनलाई निरन्तरता दिइने छ । उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी खानेपानी, खानेकुरा पसल, मिठाई पसल, अन्य वस्तु बेच्ने पसलहरूले मिसावट भएको, म्याद नाघेको, मूल्यसूचि उल्लेख नभएको जस्ता वस्तुहरू बेचविखन गरेको पाइएमा त्यस्ता व्यापारीहरूलाई कानुनबमोजिम दण्ड सजायँको नीति लिइने छ ।
कृषि ः
३४) कृषियोग्य भूमि कम हुँदै गइरहेको हुदा कम जग्गामा बढी उत्पादनको लागि कृषकहरूलाई विभिन्न तालिमहरूको व्यवस्था मिलाइने छ ।३५) किसानहरूको हितको लागि बीउ वितरण, माटो परीक्षण प्रशिक्षण, कम्पोष्ट मल उत्पादन र बिक्री वितरणको व्यवस्था मिलाइने छ ।
३६) किसानहरूबाट उत्पादित मौसम अनुसारको तरकारी व्यवस्थित गरी बिक्रीको व्यवस्था गर्न सकेमा उपभोक्ता र उत्पादक किसान दुबैको लागि फाइदा हुने भएकोले यो वर्ष उपयुक्त ठाउँमा तरकारी बजारको व्यवस्था गरिने छ । खाद्यान्न, तरकारी र फलफूल शीत भण्डारण गरी किसानहरूलाई सुविधा दिनेतर्फ ध्यान दिइने छ ।
पर्यटन ः
३७) भक्तपुरको कला—संस्कृतिको संरक्षण गर्दै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्दै लगिनेछ । यस वर्ष भक्तपुर भ्रमण गर्ने पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि गर्न पर्यटनकेन्द्रित गतिविधिहरूलाई जोड दिइने छ ।
३८) भक्तपुरका मौलिक उत्पादनहरू भाद्गाउँले टोपी, परम्परागत थैली, हाकुपटासी, जुजु धौ, ढाकाको खादा उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहित गरिने छ ।
युवा तथा महिलाहरूलाई लक्षित कार्यक्रमः
३९) विदेशी भाषा, ढुङा, काठ र माटोको कला, नेपाल भाषा तथा लिपि, सिलाई, बुनाई, खाद्य परिकार, कपाल कटाइ, सिकर्मी, डकर्मी, रेडियो टेलिभिजन प्रस्तोता, स्थानीय पथ प्रदर्शकलगायतका रोजगारीमूलक तालिमहरू सञ्चालन गरिने छन् । साउण्ड सिस्टम, कम्प्युटर, मोवाइल, टीभी, रेफ्रिजेरेटर मर्मतको तालिम तथा काठका स–साना उपहारका सामानहरू निर्माणको तालिम दिइने छ । यसले युवा तथा महिलाहरूलाई लाभ पुग्नेछ ।
४०) नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा नागरिक भावनाको विकास गर्न विभिन्न कार्यक्रमहरू अगाडि बढाउनुका साथै सबै वडाहरूमा घर घरबाटै कुहिने र नकुहिने फोहर अलग अलग सड्ढलन गरी कम्पोष्ट मल बनाई सस्तोमा बिक्री गरी फोहरलाई आम्दानीको श्रोत बनाउने कोसिस गरिने छ । साथै नगर क्षेत्रको सरसफाइ कार्यलाई थप व्यवस्थित गर्ने नीति अवलम्बन गरिनेछ ।
४१)भक्तपुरका जनताले दिन प्रतिदिन खानेपानीको समस्या भोग्दै आएका छन् । त्यसलाई न्यूनीकरण गर्न खानेपानीको डिप बोरिङ र वर्षे पानी सङ्कलन तथा प्रशोधनको लागि आवश्यक व्यवस्था मिलाइने छ । मेलम्चीको पानी भक्तपुरका जनताको घरदैलोमा छिटो पु¥याउन प्रयास जारी राखिने छ ।
४२) नगरक्षेत्रमा रहेका ब्रम्हायणी, कासनघाट, महेश्वरी, हनुमानघाट, मुःद्विप, चुपिंघाट, मंगलतीर्थ, धालाखुसीघाट लगायतको सुधार गर्न गुरुयोजना तयार गरिने छ । हनुमन्ते खोलाको वातावरणीय सुधार र सफाइमा निरन्तरता दिइनेछ । नगर क्षेत्रका सडक पेटी र खुल्ला स्थानहरूमा वृक्षारोपण गरी हरियाली व्यवस्थापन समेत गरिनेछ । त्यसको लागि आवश्यक बजेट व्यवस्था गरिने छ ।
४३)कर्मचारीहरूको वृत्ति विकासको निम्ति समय समयमा आवश्यक तालिमहरूको व्यवस्था गरिने छ । कर्मचारीहरूको कार्यको मूल्याड्ढन गरी उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कारको व्यवस्था गरिने छ र काम नगर्ने कर्मचारीहरूलाई कार्वाही गरिने छ ।
४४) भक्तपुर साना औद्योगिक क्षेत्रलाई स्थानीय सीप र स्रोतसाधनको उपयोग गरी पर्यटन केन्द्रित हस्तकला औद्योगिक क्षेत्रको रुपमा विकास गर्न पहल गरिनेछ ।
४५)विभिन्न सहकारी संस्थाहरूसंग सहकार्य गरी भक्तपुर पेपर क्राफ्ट उद्योग परिसरमा हस्तकला प्रवद्र्धनका लागि उद्योग तथा प्रदर्शनी केन्द्र स्थापना गर्ने तयारी अगाडि बढाइने छ ।
४६) नगरको पुरानो क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरूलाई अगाडिको मोहडामा काठ र ईटामा लाग्ने खर्चको ३५ प्रतिशत रकम नगरपालिकाले अनुदानस्वरुप प्रदान गर्ने नीतिलाई निरन्तरता दिदै यो वर्ष परम्परागत शैलीमा छाना निर्माणमा समेत छानाको लागतको ३५ प्रतिशत सहुलियत दिने व्यवस्था गरिने छ ।
४७) विभिन्न क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था (ल्न्इ) र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (क्ष्ल्न्इ) हरूलाई पारदर्शी बनाउने नीति लिइने छ । नगरभित्र काम गर्न चाहने कुनै पनि गैर सरकारी वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आ—आफ्नो वार्षिक बजेट र कार्यक्रम प्रस्तुत गरी नगरपालिकाको स्वीकृति लिन अनिवार्य गरिनेछ र स्वीकृतिविना काम गरेको पाइएमा कानुनबमोजिम कडा सजाय गर्ने नीति लिइने छ ।
४८) नगरभित्र सञ्चालित घरेलु तथा साना उद्योगहरूलाई नगरपालिकामा दर्ताको वातावरण तयार गरी ती उद्योगहरूलाई कर तिर्ने वातावरण मिलाइने छ । त्यसको लागि सम्बन्धित करदाताहरूसँग आवश्यक समन्वय गरिनेछ । आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न उद्योगहरूबाट उत्पादित प्रदुषणलाई कम गर्न सम्बन्धित पक्षसँग सहकार्य गरी अघि बढ्ने नीति लिइने छ ।
४९) सहकारी संस्थाहरूलाई व्यवस्थित गर्न अनुगमन तथा नियमनको व्यवस्था मिलाइने छ । सहकारी संस्थाहरूलाई एकल वा सामूहिक लगानीमा सामाजिक उत्तरदायित्व बहन गराउने योजना सञ्चालन गर्न तथा उत्पादनमुखी गतिविधि गर्न प्रोत्साहित गरिनेछ ।
५०) अधिकांश भूकम्पपीडित जनताले अझै घर निर्माण सम्पन्न गर्न सकेका छैनन् । भूकम्प पीडितहरूलाई नक्सापासको दस्तुरमा दिइँदै आएको छुटलाई यस आ.व.मा पनि निरन्तरता दिइने छ ।
५१) सवारी साधनहरूको अव्यवस्थित पार्किङले नगरको शोभामा कमी आएको र पैदल यात्रीहरूलाई समेत बाधा पुगिरहेको हुँदा सम्बन्धित व्यवसायीहरूसँग छलफल गरी व्यवस्थित पार्किङको व्यवस्था मिलाइने छ ।
५२) भुस्याहा कुकुर र छाडा चौपाया नियन्त्रणको लागि आवश्यक व्यवस्था मिलाइने छ ।
५३) नगरबासीहरूलाई नगरपालिकामा कर तिर्न उत्साहित गर्न लाग्ने करमा निश्चित प्रतिशत छुटको व्यवस्था गरिने छ । कर संकलन टोली गठन गरी घर घरमा कर उठाउने व्यवस्था मिलाइने छ ।
५४) व्यवस्थित शहर निर्माणको लागि भवन मापदण्डलाई कडाइका साथ लागू गरिने छ । आवश्यकताअनुसार भवन निर्माण मापदण्ड परिमार्जन गरिने छ । सार्वजनिक जग्गा, पोखरी, सम्पदा, नदी किनारको संरक्षण गरिने छ । सार्वजनिक जग्गा निजी नाममा दर्ता गरिएको भए पनि सार्वजनिक कायम गर्न कारबाही अगाडि बढाइने छ । विश्व सम्पदा सूचिभित्रका सम्पदा र वरिपरिका निजी सम्पदासमेत संरक्षण गर्न आवश्यक व्यवस्था गरिने छ । पर्ति जग्गा संरक्षणको नीतिलाई निरन्तरता दिइने छ ।
५५) तीव्र गतिमा भइरहेको जनसंख्या वृद्धिलाई ध्यानमा राखी व्यवस्थित आवास योजनाको लागि भनपा वडा नं. २ र ६ अन्तर्गत १६५३ रोपनी जग्गामा सञ्चालित देको मिवा इटापाके आवास योजनालाई छिटो टुङ्ग्याउन नगरपालिकाले आवश्यक ऋणसमेतको व्यवस्था मिलाउने छ । तुमचो दुगुरे चोखा आवास योजना आ.व. २०७५÷०७६ मा सम्पन्न गरिने छ ।
५६) भक्तपुर नगरपालिकाले २०७४ चैत्र महिनादेखि साप्ताहिक रुपमा हरेक मंगलबार साँझ ७ बजेदेखि ८ बजेसम्म एफ. एम. रेडियोमा ‘ख्वप सः’ (भक्तपुर आवाज) कार्यक्रममार्फत् भक्तपुर नगरपालिकाको गतिविधि सार्वजनिक गर्दै आएकोमा आ.व. २०७५÷०७६ मा नगरपालिकाकै स्वामित्वमा एफ.एम. रेडियो सञ्चालनको तयारी गरिने छ । साथै भनपाको गतिविधि जनताबीच पु¥याउन टेलिभिजनमा निश्चित समय प्रसारणको व्यवस्था मिलाइने छ ।
५७) नगरबासीहरूको सुविधाको लागि अनलाइन नक्सापास प्रक्रियालाई अगाडि बढाइने छ ।
५८) नगरपालिकामा हुने हरेक काम चुस्तदुरुस्त बनाउन प्रशासनिक सुधार गरिने छ ।
५९) कर्मचारीहरूको मनोबल बढाउन निश्चित समय काम गरिसकेका योग्य र इमान्दार कर्मचारीहरूलाई प्रक्रिया मिलाई बढुवा गर्ने, स्थायी गर्ने वा आवश्यक सुविधाको व्यवस्था गरिने छ ।
अन्त्यमा, भक्तपुर नगरपालिकाको आन्तरिक श्रोत, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने शसर्त र निशर्त अनुदान सहयोगसमेतको आधारमा आ.ब. २०७५।७६ को बजेट तयारी गरी विकास निर्माणको कामलाई अगाडि बढाउने वचनबद्धता व्यक्त गर्दछौं । धन्यवाद ¤
Leave a Reply