पर्यटक पथप्रदर्शकका लागि भक्तपुरमा एकदिने पुनर्ताजगी तालिम
- आश्विन १५, २०८३
भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा आउँदै गरेको दसैँ पर्वलाई लक्षित गर्दै भक्तपुर नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक ब्रह्मायणी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सार्वजनिक स्थलप्रतिको अपनत्व र स्वच्छताको भावना विकास गर्ने उद्देश्यले नगरपालिकाले नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउनुभयो ।
दसैँका अवसरमा ब्रह्मायणी मन्दिरमा ठुलो सङ्ख्यामा भक्तजन आउने तथा विभिन्न दिनमा मेला लाग्ने भएकाले मन्दिर परिसरलाई स्वच्छ र सफा राख्न सरसफाइ कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
उहाँले धार्मिक तथा सांस्कृतिक स्थलमा पूजाआराधना गर्न आउने भक्तजनले पूजापाठसँगै वरपरको वातावरण सफा राख्न पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
बिहानैदेखि सामूहिक रूपमा गरिएको सरसफाइले सार्वजनिक स्थलप्रति अपनत्व बढाउनुका साथै भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षणमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।
त्यस्तै, भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य एवं वडा नं. ९ का सदस्य छोरीमैया सुजखुले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै सरसफाइमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्य, स्वच्छता तथा सार्वजनिक एवं सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै प्रत्येक महिनाको १ र १५ गते विभिन्न ऐतिहासिक तथा धार्मिक स्थल, खुला क्षेत्र, खोला–नालालगायत सार्वजनिक स्थानमा नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका कर्मचारी, विद्यालय तथा कलेजका शिक्षक–विद्यार्थी, विभिन्न सङ्घ–संस्था, क्लब तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
Leave a Reply