भर्खरै :

सहकारीले नाफा कमाउनेभन्दा साझा हितलाई ध्यान दिनुपर्ने

सहकारीले नाफा कमाउनेभन्दा साझा हितलाई ध्यान दिनुपर्ने

भक्तपुर, १७ असोज । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १९ औँ साधारणसभा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ब्रह्मायणी पार्टी प्यालेसमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले बढी ब्याजको लोभमा अपरिचित व्यक्तिले सञ्चालन गरेको सहकारीमा पैसा राख्न नहुने बताउँदै सदस्यहरूलाई आत्मनिर्भर बनाउन सीममूलक तालिमहरू सञ्चालन, विद्यार्थी र युवाहरूको हितमा शैक्षिक ऋण तथा युवा उद्यमशीलता ऋण प्रदान र ज्येष्ठ नागरिकको लागि आदर निकेतन सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले सहकारीले नाफा कमाउनेभन्दा साझा हितलाई ध्यान दिएर कृषि उत्पादन र अन्य उत्पादनमूलक क्षेत्रमा पुँजी लगानी गर्नुपर्ने बताउनुभयो ।
नयाँ पुस्तालाई शिक्षासँगै राम्रो संस्कार सिकाउनुपर्ने, जतिसुकै सम्पत्ति भए पनि संस्कार सिकाउन सकेन भने क्षणभरमा समाप्त हुनसक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले राम्रो बीउ भएमात्र फसल पनि राम्रो हुने बताउँदै सदस्यको बचत रकम हिनामिना नगरी सफल कार्य गरेकोमा धन्यवाद दिनुभयो । उहाँले नयाँ नेतृत्वले विगतको राम्रो कामको अनुसरण गरी सुधार गर्नुपर्ने कर्मचारी क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
उहाँले बालबालिका विद्यालय पठाउँदा जसरी हेरचाह गर्नुपर्ने हो सहकारीमा पनि हेरचाह गरी सदस्यहरूको विश्वास लिन सके झन् प्रगति हुने बताउनुभयो । उहाँले ज्येष्ठ सदस्यहरूको अनुभवले समाज र परिवार राम्रो बनेजस्तै सहकारीमा पनि नयाँ पुस्तालाई अगाडि सारेर शिक्षित समाज बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सबै पैसासँग मात्र तुलना गर्ने, अंशबन्डा गर्दा आमाबुबालाई सम्पत्ति राखेमात्र हेर्ने नत्र नहेर्ने गरेकोमा छोराछोरीहरूलाई हुर्काउँदा भएको दुःखकष्ट भुलेर जाने हुँदा नयाँ पुस्तालाई संस्कार सिकाउने विभिन्न देश अगाडि रहेको बताउनुभयो । उहाँले सहकारीबाट इमानदारीपूर्वक विभिन्न कार्यक्रम तथा काम गर्नुपर्ने बताउँदै साझा अभ्यास गरी सामूहिक नेतृत्वमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार कृष्णभक्त लवजुले अहिले सहकारीबाट सरल रूपमा ऋण लिई लगानी गर्न सजिलो भएको बताउँदै सहकारीले समाजको हितमा काम गर्नुपर्ने र खर्च पनि मितव्ययी हुनुपर्ने बताउनुभयो ।
सल्लाहकार रामकृष्ण प्रजापतिले अहिले सञ्चालक समितिमा बसेर काम गर्न सजिलो नभएको बताउँदै सहकारी ऐन कानुनले ऋणीले ऋण नतिरे सञ्चालक समितिलाई जिम्मेवारी ठह¥याउने भएकोले सुरक्षित र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
उहाँले सञ्चालक र व्यवस्थापकको योग्यता निर्धारण गरेकोले नयाँ पुस्तालाई सहकारीमा ल्याई समाजमा अगाडि सार्नुपर्ने भन्दै जग भएन भने सहकारीलाई जोगाउन गा¥हो हुने बताउनुभयो । उहाँले सहकारीले नाफालाई मात्र नहेरी सदस्यहरूको आर्थिक र सामाजिक स्तर उकासी आदर्श समाज बनाउने सहकारीको मूल नारालाई ध्यान दिनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव सत्यराम ज्ञामरुले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुल्सीकेशरी छुजु प्रजापतिले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक हरिकृष्ण प्रजापतिले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो भने स्वागत सदस्य रामकृष्ण लवजु, सञ्चालन सदस्य राजुसिं बजिकों र प्रबन्धक गौतम कुतुवजुले गर्नुभयो ।
छैटौँ अधिवेशनबाट अध्यक्ष रामकृष्ण लवजु, उपाध्यक्ष सत्यराम ज्ञामरु, सचिवमा तुल्सीकेशरी छुजु प्रजापति, कोषाध्यक्ष राजुसिं बजिको, सदस्यहरू चम्पा ज्ञामरु, हरिकृष्ण प्रजापति, राजन चित्रकार, सिद्धान्त प्रजापति, तुल्सीराम प्याठ निर्विरोध निर्वाचित हुनुभयो । लेखा सुपरिवेक्षण समितिमा संयोजक सीतालक्ष्मी कोजु, सदस्यमा अञ्जु लवजु र रमेश कैती पनि निर्विरोध हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *