भर्खरै :

भनपा २ मा मिठाइ तालिम सम्पन्न

भनपा २ मा मिठाइ तालिम सम्पन्न

भक्तपुर, १७ असोज । भनपा वडा नं. २ को आयोजनामा महिला दिदीबहिनीहरू लक्षित गरी एकदिने मिठाइ बनाउने तालिम सम्पन्न भयो ।
तालिममा वडा सदस्य मन्जुमैया लाखाजुले भनपाले युवालक्षित गरी विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिनुका साथै युवा रोजगार प्रवद्र्धन गर्न युवा उद्यमशील ऋण दिइरहेको चर्चा गर्नुभयो । उहाँले महिला दिदीबहिनीहरू लक्षित गरी विभिन्न प्रकारका मिठाइका परिकार बनाउने तालिम सञ्चालन गरेको बताउँदै तालिमबाट सिकेका सीप व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।
प्रशिक्षक विकास उप्रेतीले महिलाहरू उत्साहित भएर तालिममा अधिक सहभागी भएको सकारात्मक रहेको चर्चा गर्नुभयो ।
तालिममा जलेबी, लालमन, बर्फी, लाखामरी, लड्डु, निम्कीलगायतका मिठाइका परिकार बनाउने सीप र ज्ञानको प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो । तालिममा सहभागी महिलाहरूले प्रशिक्षकको प्रत्यक्ष निगरानी र निर्देशनमा प्राप्त सीपहरूबाट ती मिठाइका परिकार बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *