भर्खरै :

सबै सहकारीलाई एउटै डालोमा हालेर हेर्न नहुने

सबै सहकारीलाई एउटै डालोमा हालेर हेर्न नहुने

भक्तपुर, १७ असोज । इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारणसभा संस्थाका ज्येष्ठ सदस्य लक्ष्मीदेवी शिल्पकारले पानसमा बत्ती बालेर औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष हरिबल्लले सहकारी क्षेत्रको नियमन र वर्तमान आर्थिक अवस्थाबारे टिप्पणी गर्दै सबै सहकारी संस्थालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने स्पष्ट पार्नुभयो । उहाँले वित्तीय अनुशासन अपरिहार्य रहेको औँल्याउँदै संस्थाको वास्तविक आर्थिक अवस्था, कारोबारको प्रकृति र धरातलीय यथार्थ नबुझी एकोहोरो नियम मात्र लाद्ने हो भने विद्यमान समस्या झन् जटिल बन्न सक्ने चेतावनी दिनुभयो ।
सहकारीको क्षमता र सदस्यप्रतिको उत्तरदायित्वलाई सम्मान गर्ने खालका मैत्रीपूर्ण नीति ल्याउनुपर्ने उहाँको मुख्य जोड थियो ।
सभामा संस्थाका सचिव सत्यनारायण सुवालले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमेश खर्बुजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, लेखा सुपरिवेक्षण समितिका संयोजक सुजन खर्बुजाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई केवल आर्थिक कारोबारमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै विभिन्न प्रेरणादायी गतिविधिहरू पनि सञ्चालन गरिएका थिए । संस्थाको स्थापना र विकासमा योगदान पु¥याउने ज्येष्ठ सदस्यहरूलाई न्यानो गम्छा र पौष्टिक आहार प्रदान गरी सम्मान गरियो । शिक्षाप्रतिको लगानी र नयाँ पुस्ताको क्षमता विकास गर्ने उद्देश्यले कक्षा १२ माथि उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीलाई ल्यापटप ब्याग तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष रामभक्त पक्काले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा महिला उपसमितिका सदस्यहरूले सहकार्य, एकता र पारस्परिक सहयोग झल्काउने सहकारी गीत सामूहिक रूपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन जितेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।
ज्येष्ठ सदस्यको सम्मानले विगतको योगदानप्रति कृतज्ञता र विद्यार्थीलाई गरिएको सहयोगले भविष्यप्रतिको आशा जगाएको सहभागीहरूले बताएका थिए ।
कार्यक्रममा अध्यक्ष अन्जन ज्याख्वाले धन्यवादसहित समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *