भर्खरै :

पल्पसा साकोसको १९ औँ वार्षिक साधारणसभा

पल्पसा साकोसको १९ औँ वार्षिक साधारणसभा

भक्तपुर, १८ असोज । पल्पसा साकोसको १९ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । संस्थाका ज्येष्ठ सदस्य कान्छीबेटी गारुले पानसमा दीप प्रज्ज्वलन गरी अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवालले सहकारी अवधारणाको विकासबारे बताउँदै अमेरिकामा मजदुरवर्ग र चीनमा किसानवर्गले कमाएको पैसा बचत गर्न समुदायमा आधारित सहकारी विकास गरेको इतिहासबारे स्पष्ट पार्दै सामूहिक हितका लागि पल्पसा साकोसले सुरुदेखि गर्दै आइरहेको कामलाई सकारात्मकरूपमा लिन सकिने विचार व्यक्त गर्नुभयो ।
ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले संस्थाको वार्षिक प्रतिवेदन प्रकाशनमा उल्लेख भएअनुसार संस्थाले बर्षेनि गरिरहेको नाफालाई सकारात्मकरूपमा लिँदै आर्थिक पारदर्शिता र जवाफदेहितामा प्रत्येक सहकारीले ध्यान दिनुपर्ने कुरा बताउँदै सदस्यहरूको आर्थिक सुरक्षाको निम्ति संस्थाले निर्वाह गर्दै आइरहेको भूमिका सकारात्मक भएको उल्लेख गर्नुभयो । जिल्ला बचतले सहकारीसम्बन्धी ऐन नियमहरू नियमन गर्ने काम गर्दै आइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
पल्पसा साकोसका अध्यक्ष पुष्पलाल सुजखूले सभापतित्वको आसनबाट बोल्दै समाजवादी दृष्टिकोणबाट प्रभावित भई समुदायको हितका लागि संस्थाले समयसापेक्ष गतिविधिहरू गर्दै आइरहेको चर्चा गर्नुभयो ।
उक्त अधिवेशनमा संस्थाका सचिव हरिकृष्ण प्रजापतिले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष प्रेमलक्ष्मी त्वायनाले आ.व. २०८२/८३ को आयव्यय र अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।
लेखा सुपरिवेक्षण समिति संयोजक सुरेन्द्र सुवालले संस्थाको आर्थिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
निर्वाचन समिति संयोजक दिनेश चौगुठीले निर्विरोध निर्वाचित संस्थाको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूको नामावली घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभयो ।
संस्थाको अधिवेशनबाट निर्विरोध अध्यक्ष पदमा निर्वाचित कृष्णगोविन्द दुवाललगायत सम्पूर्ण पदाधिकारीहरूलाई शपथग्रहण गराइएको थियो । उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य सविर प्रजापतिले पनि बोल्नुभयो ।
साधारणसभाबाट आगामी आ.व.२०८२/८३ को लागि अनुमानित बजेट, लेखा सुपरिवेक्षण प्रतिवेदन, पारिश्रमिक निर्धारण, सञ्चालक समितिबाट भएका निर्णयहरू पारित गरियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *