भर्खरै :

जय भीमसेनको १९ औँ वार्षिक साधारणसभा

जय भीमसेनको १९ औँ वार्षिक साधारणसभा

भक्तपुर, १८ असोज । जय भीमसेन बचत तथा ऋण सहकारी संस्था लि. को १९ औँ वार्षिक साधारणसभा संस्थाकै ज्येष्ठ शेयर सदस्य भक्तनारायण कवांको प्रमुख आतिथ्यमा शनिबार सिद्धि गणेश तालिम हलमा सम्पन्न भयो ।
संस्थाका अध्यक्ष दसबहादुर मानन्धरको सभापतित्वमा भएको सो कार्यक्रममा कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले सहकारी सदस्य र संस्थाबिच आर्थिक लेनदेनमात्र नभई प्रत्येक सदस्यहरूको दैनिक जीवनदेखि आर्थिक/सामाजिक सबै क्षेत्रमा स्तरोन्नति गर्न लाग्नुपर्ने र त्यसको लागि सहकारी संस्थाले आवश्यक तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
साधारणसभामा अतिथि एवम् सल्लाहकार पुरुषोत्तम ग्वाछाले हालको समयमा सामाजिक सञ्जालको बढ्दो विकृति, विसङ्गति र भ्रामक सूचना सम्प्रेषणप्रति सचेत र सजग रहन सदस्यहरूलाई सुसूचित गर्नुपर्ने विषयमा प्रकाश पार्नुभयो ।
आउँदो कार्तिक ६ र ७ गते ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोल्मढी यातामा हुने जानकारी दिँदै उहाँले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष दसबहादुर मानन्धरले अध्यक्षको प्रतिवेदन, संस्थाका सचिव सुरोज कवांले सचिवको प्रतिवेदन, कोषाध्यक्ष बिकुनारायण कवां, लेखा सुपरिवेक्षण संयोजक बुद्धराम शिल्पकारले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष गणेशभक्त खिचाजु, पूर्वअध्यक्ष रत्नबहादुर शिल्पकार, निवर्तमान अध्यक्ष रामकाजी शिल्पकारले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष देवभक्त गोसाईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा साधारणसभाका संयोजक रामलक्ष्मी शिलाकारले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सञ्चालक सदस्य रत्नप्रसाद शिल्पकारले सञ्चालन गरेको उक्त साधारणसभामा असल बचतकर्ता, असल ऋणी र असल बाल बचतकर्तालाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *