दौड प्रतियोगिता सम्पन्न : फूटसल सुरू
- आश्विन २१, २०८३
काठमाडौँ, २१ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ । रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ ।
नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्ताबेजमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाइका २ लाख २३ हजार ५१० घटना रिपोर्ट भएकोमा ९६ प्रतिशत घटना कुकुरको टोकाइबाट हुने र रेबिजका ९९ प्रतिशत कारण कुकुरको टोकाइ रहेको उल्लेख छ ।
रणनीतिअनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण, कुकुरमा सामूहिक खोप अभियान, कुकुरको सङ्ख्या व्यवस्थापन, कुकुरको टोकाइ तथा चिथोराइको एकीकृत व्यवस्थापन, मानिसमा रेबिजविरूद्धको खोप तथा इम्युनोग्लोबुलिनको पहुँच विस्तारलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । साथै क्षमता विकास, जोखिम सञ्चार, सामुदायिक सहभागिता र अनुसन्धानलाई समेत प्राथमिकता दिइएको छ ।
रणनीतिले कुकुरमा ७० प्रतिशत खोप कभरेज पु¥याउने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य अघि सारेको छ ।
रणनीति कार्यान्वयनका लागि सङ्घीय तथा प्रादेशिक संरचनाका साथै जिल्ला र स्थानीय स्तरमा परिकल्पना गरिएका समितिमार्फत सम्बन्धित निकायले वार्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । कार्यान्वयनबाट रेबिजको निगरानी सुदृढ हुने, जोखिममा रहेका कुकुरमा खोपको पहुँच बढ्ने र कुकुरको टोकाइ व्यवस्थापनलाई एकीकृत बनाउने अपेक्षा गरिएको छ ।
रेबिजविरूद्धको रोकथाममूलक तथा उपचार सेवाको पहुँच र उपलब्धता सुधार गर्ने तथा सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबिच समन्वय बढाउने लक्ष्य रणनीतिले राखेको छ ।
Leave a Reply