सेवाकालीन तालिमका प्रशिक्षार्थीहरूद्वारा भक्तपुरको शैक्षिक क्षेत्रको अध्ययन भ्रमण
- आश्विन २२, २०८३
भक्तपुर, २३ असोज । सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित प्रभात इङलिश सेकेन्डरी स्कूलको ४५ औँ स्थापना दिवसको अवसरमा वडा नं. २ र ६ मा अवस्थित अन्तरविद्यालयस्तरीय समूह गायन र समूह नृत्य प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क भए देशको छिटो विकास हुने धारणा व्यक्त गर्नुभयो ।
बहुदलीय व्यवस्था पुनः स्थापनाको ३५ वर्षयता सरकारमा गएका पार्टी र व्यक्ति परिवर्तन भयो तर नीति परिवर्तन नहुँदा नेपाली जनताले दुःख पाएको तर्फ उहाँले सचेत गराउनुभयो ।
अध्यक्ष सुवालले भन्नुभयो, “नयाँ पुस्ता समाजको जगजस्तै भएको हुँदा विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनु जरूरी छ ।”
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले देको मिबा इटापाके आवास योजनाको नब्बे प्रतिशत सरोकारवालाको समस्या समाधान भइसकेको छ भने पहिल्यै नै घर बनाएकासहित १० प्रतिशत सरोकारवालाको समस्या समाधानतर्फ आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नगरपालिकाले ख्वप अस्पताल र ख्वप कलेजहरू सञ्चालन गरी देशभरिका जनताको सेवा गरिरहेको बताउनुभयो ।
ख्वप अस्पतालका निर्देशक डा. मजेशप्रताप मल्लले स्वास्थ्यको लागि पत्रु खानेकुरा, मद्यपान, धूमपान हानिकारक भएकोले अभिभावकहरूले छोराछोरीको स्वास्थ्यलाई ध्यान दिई पोषणयुक्त र स्वस्थवद्र्धक खानपिनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतियोगितार्फ समूह गायन र नृत्य प्रतियोगिताको जुनियर गायनमा प्रथम प्रभात इङलिश सेकेन्डरी स्कूल, द्वितीय हिमालय ग्लोरी इङलिश सेकेन्डरी स्कूल र तृतीयमा प्रभात इङलिश सेकेन्डरी स्कूल भयो भने सिनियर गायनमा प्रथम प्रभात इङलिश सेकेन्डरी स्कूल, द्वितीय एभरेस्ट इङलिश सेकेन्डरी स्कूल र तृतीयमा बासु मा.वि भयो ।
त्यस्तै जुनियर नृत्यमा प्रथम जेसिस इङलिश सेकेन्डरी स्कूल, द्वितीय सामुदायिक इङलिश सेकेन्डरी स्कूल र तृतीय प्रभात इङलिश सेकेन्डरी स्कूल
भयो भने सिनियर नृत्यमा प्रथम प्रथम प्रभात इङलिश सेकेन्डरी स्कूल, द्वितीय जेसिस इङलिश सेकेन्डरी स्कूल र तृतीयमा बासु मावि भयो ।
प्रतियोगिताको निर्णायक मण्डलको जिम्मेवारी वरिष्ठ गायक सरस्वती मानन्धर, सङ्गीतकार एवं गायक राजकुमार मानन्धर र सङ्गीतकार रवि कपालीले निर्वाह गर्नुभएको यिथो ।
सहभागी, विजयी विद्यालय र विद्यार्थीलाई मादल, बाँसुरी, तँ उपहार दिइएको थियो ।
विद्यालयका टेबुलटेनिस खेलाडी उरवी सुवाल थाइलैन्डको युवा प्रतियोगितामा सहभागी भएकोमा प्रमाणपत्र दिइएको थियो ।
Leave a Reply