छालिङमा शुभकामना आदानप्रदान कार्यक्रम
- आश्विन २३, २०८३
भक्तपुर, २३ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीबिच शुक्रबार भेटघाट तथा अनुभव आदानप्रदान भयो । सो अवसरमा नगर प्रमुख प्रजापतिले प्रमुख बुढाथोकीलाई खादा तथा भादगाउँले टोपी लगाई स्वागत गर्नुभयो ।
भेटघाटको क्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले विदेशी सहयोगबिना जनताको साथ र सहयोगमा भक्तपुरका सम्पदाहरूको पुनःनिर्माण गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाभित्र सामुदायिक तथा संस्थागत गरी ९२ वटा विद्यालय रहेको जानकारी दिँदै सबै विद्यालयको शैक्षिक स्तर समान रूपमा उकास्न नगरपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
गरिबीका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले छात्रवृत्ति र शैक्षिक ऋणको व्यवस्था गर्दै आएको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पु¥याउने उद्देश्यले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पहल गरिरहेको र ख्वप विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार तयारीको काम अघि बढाइरहेको जानकारी दिनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्दै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने गरेको बताउनुभयो । कुहिने फोहोरबाट मल उत्पादन गरी किसानलाई सहुलियतमा उपलब्ध गराउँदै आएको र नकुहिने फोहोरलाई पुनः प्रयोग तथा पुनः प्रशोधनका लागि बिक्री गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
त्यस अवसरमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले भक्तपुर नगरपालिकाको फोहोरमैला व्यवस्थापन प्रणाली प्रभावकारी रहेको सुनेको र त्यससम्बन्धी असल अभ्यासबारे जानकारी लिन आफू भक्तपुर आएको बताउनुभयो ।
फोहोरमैला व्यवस्थापन स्थानीय तहहरूका लागि साझा चुनौतीको विषय बन्दै गएको उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाले अपनाउँदै आएको अभ्यासबाट आफ्नो नगरपालिकालाई पनि लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख बुढाथोकीले हरिवन नगरपालिकामा ११ वटा वडा र करिब ५१ हजार जनसङ्ख्या रहेको जानकारी दिँदै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै विभिन्न अस्पतालसँग सहकार्य गरी स्वास्थ्य शिविर, स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको पनि उहाँले जानकारी दिनुभयो ।
कृषि क्षेत्रको विकासका लागि कोदो, फापर, आलु तथा गहत खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउनुका साथै सिँचाइका लागि अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो । रेबिज नियन्त्रणका लागि बन्ध्याकरणलगायतका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै प्रमुख बुढाथोकीले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । हरिवन नगरपालिकामा ६ वटा सामुदायिक विद्यालय रहेको उहाँले जानकारी दिनुभयो ।
हरिवन नगरपालिकामा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाले अपनाएको फोहोर वर्गीकरण, पुनः प्रयोग तथा व्यवस्थापनसम्बन्धी अभ्यासबाट सिकेर आफ्नो नगरपालिकामा पनि प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटपश्चात् नगर प्रमुख प्रजापतिले प्रमुख बुढाथोकीलाई नपाका प्रकाशनहरू उपहार प्रदान गर्नुभयो ।
भेटमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्र प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।
Leave a Reply