चाँगुनारायणमा किसान सङ्घ र महिला सङ्घबाट चियापान तथा शुभकामना कार्यक्रम
- आश्विन २४, २०८३
भक्तपुर, २४ असोज । जनसत्कार उपभोक्ता साकोस भुलांचाको १६ औँ वार्षिक साधारणसभा भक्तपुर पार्टी भेन्यु गपलीमा शनिबार सम्पन्न भयो ।
उक्त साकोसका अध्यक्ष विमल प्रजापतिले उद्घाटन गर्नुभएको उक्त सभामा साकोस सञ्चालक समितिका सचिव शिवराम तुईतुईले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
देशको अर्थतन्त्र नै मन्दीमा गइरहेको वर्तमान अवस्थामा त्यसको असर जनसत्कार साकोसमा पनि परेको उल्लेख गर्दै सचिव तुईतुईले बचतमा गिरावट आएको र तरलता जसोतसो धान्दै आएको बताउनुभयो ।
वर्षभरमा सञ्चालक समितिको बैठक २४ पटक बसेको जानकारी दिँदै उहाँले साकोसमा अधिकतम मितव्ययिता अपनाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “मितव्ययिताको निम्ति यस वर्ष साकोसको प्रतिवेदन पुस्तिकाको रूपमा नछापी क्यूआर कोडमा हामीले राखेका छौँ, कसैलाई प्रतिवेदन विस्तृत रूपमा पढ्नुछ भने क्यूआर गर्न सक्नुहुन्छ, ठाउँ ठाउँमा क्यूआर कोड राखिदिएका छौँ ।”
सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश खाइजुले साकोसबाट ऋण प्रवाह कमै मात्र भएको उल्लेख गर्दै संस्थामा ५२६ जना सदस्य भएको र १० प्रतिशत लाभांस वितरण गरेको जानकारी दिनुभयो ।
उहाँले असल ऋणी, असल बचतकर्ता र असल बाल बचतकर्तालाई सम्मान गर्ने जानकारी दिँदै ती असल सदस्यहरूको नाम घोषणा गर्नुभयो ।
सभामा लेखा सुपरीवेक्षण प्रतिवेदन श्यामकृष्ण दुमरूले प्रस्तुत गर्नुभएको थियो भने सदस्यहरूमध्ये तीजना ज्येष्ठ सदस्यलाई दोसल्ला र कोसेलीका साथ सम्मान गरिएको थियो ।
सभामा साकोसका उपाध्यक्ष विक्रम प्रजापतिले स्वागत गर्नुभएको उक्त सभामा असल सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।
Leave a Reply