समय साकोसको १६ औँ साधारणसभा सम्पन्न
- आश्विन २५, २०८३
भक्तपुर, २५ असोज । भक्तपुर नगरपालिका वडा नं. ५ चासुखेलस्थित चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको अवसरमा खुला बाघचाल प्रतियोगिता तथा बाल बचत सदस्यहरूबिच शुभकामना कार्ड र क्राफ्ट बनाउने प्रतियोगिता आयोजना गरेको छ ।
संस्थाको शिक्षा उपसमितिको आयोजनामा घटस्थापनाको दिन सञ्चालन गरिएको कार्यक्रममा बालबालिका तथा युवाको प्रतिभा, सिर्जनशीलता र बौद्धिक क्षमता विकासमा जोड दिइएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति पूर्णगोपाल राजचलले दसैँ असत्यमाथि सत्यको विजयको सन्देश दिने पर्व भएको बताउनुभयो । उहाँले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउने उल्लेख गर्दै सबैको सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष एवं व्यवस्थापक नारायण त्वानाबासुले चाडपर्वको समयमा बालबालिकाले मनोरञ्जनसँगै अध्ययनलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले मोबाइलमा मात्रै धेरै समय बिताउनुभन्दा साथीभाइसँग रमाइलो गर्ने, खेलकुदमा सहभागी हुने र चाडपर्वको बिदामा गृहकार्य तथा नियमित अध्ययनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणकृष्ण माकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष चिनियाँलाल माकले शुभकामना मन्तव्य दिनुभएको थियो ।
खुला बाघचाल प्रतियोगितामा प्रथम रामगोविन्द राजचल, द्वितीय महेन्द्र ताम्राकार, तृतीय राजाराम त्वानाबासु र सान्त्वना न्युजन माक हुनुभयो भने शुभकामना कार्ड प्रतियोगितामा संस्थाका सचिव एवम् कार्यक्रमका संयोजक विष्णुप्रसाद कर्माचार्यले कार्यक्रमको उद्देश्यबारे प्रस्ट गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Leave a Reply