भर्खरै :

गुरु गणेश साकोसमा सिंहावलोकन कार्यक्रम

गुरु गणेश साकोसमा सिंहावलोकन कार्यक्रम

भक्तपुर, २५ असोज । गुरु गणेश साकोसको १९ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको समीक्षा संस्थाका अध्यक्ष रामकृष्ण लवजूको सभापतित्वमा सम्पन्न भयो ।
उक्त समीक्षा कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले पदको स्वार्थभन्दा समयअनुसार पद पुस्तान्तरण गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
उहाँले बजेट तथा कार्यक्रमको लक्ष्य के कति प्राप्त भइरहेको छ भनी समयसमयमा मूल्याङ्कन गर्नुपर्छ† बचत तथा ऋण लगानीलाई व्यवस्थित गरी खर्चलाई मितव्ययी गरेर नाफामा जोड दिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष सत्यराम ज्ञामरु, सचिव तुल्सी केशरी छुंजू (प्रजापति), कोषाध्यक्ष राजु बजिकों, लेखापढी सल्लाहकार न्हुछेभक्त कोजू, सञ्चालक समितिका सदस्यहरू चम्पा ज्ञामरु, तुल्सीराम प्याठ, सिद्धान्त प्रजापति, हरिकृष्ण प्रजापति, राजन चित्रकार, लेखा संयोजक सीतालक्ष्मी कोजू, उपसमिति सदस्य सुवर्ण प्रजापति र प्रबन्धक गौतम कुटुवाजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *