भर्खरै :

सीपमूलक तालिम दिई स्वरोजगार बनाउनुपर्ने

सीपमूलक तालिम दिई स्वरोजगार बनाउनुपर्ने

भक्तपुर, २५ असोज । समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभाको उद्घाटन ज्येष्ठ सदस्य कृष्णभक्त खिउँजुले आइतबार गर्नुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष महेन्द्र बखुन्छेँले समुदायमा आधारित संस्थाहरूले इमानदारीपूर्वक जनताको पैसा सुरक्षित गरी निःस्वार्थपूर्वक सेवा गरिरहेको र संस्थाका सञ्चालक, कर्मचारी चिनाजानी गरी मात्र बचत गर्नुपर्ने उल्लेख गर्दै बढी ब्याजको लोभमा बचत गर्दा पछुताउनुपर्ने हुन्छ भन्नुभयो ।
उहाँले सहकारी संस्थाले तरलता व्यवस्थापन गर्न लगानी क्षेत्र पहिचान र सदस्यहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिई स्वरोजगार बनाउने बताउनुभयो ।
अहिले शासकहरूले सीमित बैङ्क मालिकहरूको निर्देशनमा बचत संस्थाहरू कडाइ गरी कानुन निर्माण गरेको उहाँले बताउनुभयो ।
संस्थाका सल्लाहकार श्याम विसुङ्केले बचत संस्थाहरूले लगानी गर्न सोच विचार गरी काम गर्नुपर्ने र सदस्यहरू पनि के–कस्ता हुन पहिचान गरी ऋण दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार राज्यश्वरी प्रजापति, उपाध्यक्ष सीताराम खिउँजु, राजेन्द्र बखुन्छँे, सचिव राधेश्याम भुजु, लेखा समिति संयोजक जितबहादुर खाइजुलगायतले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सो सभाको सभापतित्व रामकृष्ण बखुन्छेँले गर्नुभयो । कार्यक्रममा असल बचतकर्ता, असल ऋणी सदस्य र २०८२ को एसईई उत्तीर्ण बाल सदस्यहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *