समय साकोसको १६ औँ साधारणसभा सम्पन्न
- आश्विन २५, २०८३
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ मनाइने चाडपर्वहरू नेपाली समाजको इतिहास, संस्कृति, परम्परा र सामाजिक सम्बन्धसँग गहिरोसँग जोडिएका छन् । तीमध्ये दसैँ नेपालीहरूको प्रमुख पर्व हो । दसैँले परिवारका सदस्यहरूलाई एक ठाउँमा ल्याउने, आपसी सद्भाव र आत्मीयता बढाउने तथा पुस्तौंँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्परालाई निरन्तरता दिने काम गर्दै आएको छ ।
हिन्दू धार्मिक परम्परामा असत्यमाथि सत्यको विजय, शक्ति र देवी दुर्गाको आराधनासँग दसैँंको धार्मिक मान्यता जोडिएको छ । देवी दुर्गाले महिषासुर नामक असुरको वध गरी उसको अत्याचारबाट देवता र मानवलाई मुक्त गराएको विश्वास गरिन्छ । त्यसैगरी रामले रावणलाई पराजित गरेको विजयको किंवदन्ती पनि दसैँसँग जोडिएको छ । नवरात्रमा दुर्गा, काली, महाकाली, महालक्ष्मी, महासरस्वती आदिको शक्तिको आराधना गर्ने परम्परा पनि छ । घटस्थापनामा जौ, मकै राखेर जमरा उमारिन्छ र दशमीको दिनमा टीकासँगै जमरा लगाउने चलन छ । जमरालाई शुभता, समृद्धि र जीवनशक्तिको प्रतीक मानिन्छ । ज्येष्ठ व्यक्तिबाट टीका जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यसले पारिवारिक सम्बन्ध, सम्मान र पुस्ताबिचको सम्बन्धलाई जोड्ने भूमिका खेल्दछ ।
दसैँमा कतिपय शक्तिपीठ तथा परिवारमा देवीलाई पशु–पन्छी बलि दिने परम्परा पनि छ । देवीलाई शक्ति अर्पण गर्ने वा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । भक्तपुरको दसैँं अर्थात् मोहनी नखःमा नवदुर्गा भवानीको पूजा र खः मेय् (राँगो) लाई महिषासुरको प्रतीक मानेर बलि दिने परम्परा निकै पुरानो हो । नवदुर्गा देवगृह तथा यससँग सम्बन्धित परम्परालाई मल्लकालीन सम्पदाका रूपमा उल्लेख गर्छन् । नवदुर्गा देवगृहमा घण्टाकर्ण चतुर्दशीदेखि जनै पूर्णिमाभित्र खःमेयलाई भित्याउने परम्परा रहेको छ । महानवमीको राति नवदुर्गा देवगृहबाट राँगोलाई दौडाएर ब्रह्मायणी पीठमा पु¥याई बलि दिने गरिन्छ । यो परम्परा नवदुर्गा गणको तान्त्रिक परम्परा र स्थानीय नेवार समुदायको संस्कृतिसँग जोडिएको छ ।
दसँै एउटै पर्व भए पनि स्थान, जाति र समुदाय तथा स्थानीय परम्पराअनुसार दसैँं मनाउने तरिका फरक फरक छ । काठमाडाँै उपत्यकामा घटस्थापनाको दिनमा जमरा राख्ने, नवदुर्गा र शक्तिको पूजा गर्ने, अष्टमी–नवमीमा विशेष बलि तथा पूजा गर्ने, दशमीमा टीका–जमरा र आशीर्वाद लिने–दिने गरिन्छ । तराई–मधेशमा दुर्गापूजा, कलश स्थापना, देवीको मूर्ति÷पण्डालमा पूजा अष्टमी–नवमीमा विशेष आराधना गरिन्छ र कतिपय ठाउँमा ठुलो मेला लाग्छ । ब्राह्मण–क्षेत्री समुदायमा कुल देवताको पूजा गर्ने चलन पनि छ । देशैभर र विदेशमा बसेका नेपालीहरूले मनाउने एउटा महान् चाड दसैँका मुख्य दिनहरू घटस्थापना, फूलपाती, महाअष्टमी, महानवमी, विजया दशमी र कोजाग्रत पूर्णिमाका दिनहरू हुन् ।
दसैँको समयमा धार्मिक आस्थाको नाममा आफूलाई आवश्यक पर्ने मासुभन्दा २÷३ गुणा बढी मासु हुने गरी ठुलो सङ्ख्यामा पशुपक्षी मार्ने चलन घटाउँदै जानुपर्छ । पहिले कृषि नै जीवनको आधार थियो, पशुपालनले कृषिको लागि मलखाद, श्रम दिएर सघाउँथ्यो । पशुपक्षी बलि दिन प्रयोग गर्नुपर्ने मान्यताले पशुपालन व्यवसाय पनि चल्थ्यो । घरघरमा रेफ्रिजेरेटर (फ्रिज) थिएन । सहरीकरण कम थियो । सहरमा पनि मासुजन्य पसलको सङ्ख्या कम थियो र मासु तुलनात्मक रूपमा महँगो थियो । त्यसैले दसैँको अवसरमा पशुपन्छी बलि दिने र मार्ने चलन अपरिहार्य थियो । तर, अहिले बजार र गाउँघरमा पनि मासु सजिलै उपलब्ध हुन्छ, पछिको लागि भनेर सुकुटी बनाइराख्नु पर्दैन । यसकारणले पनि परम्परा र धार्मिक आस्थाअनुसार आफ्नो आवश्यकता पूरा गर्न चाहिने सङ्ख्यामा मात्र पशुपन्छी मार्ने वा बलि दिनुपर्छ† अनावश्यक सङ्ख्यामा पशुबलि दिने र मार्ने कामलाई घटाउँदै जानुपर्दछ ।
दसैँंका अवसरमा हुने टीका, जमरा आशीर्वाद, सांस्कृतिक भेटघाटजस्ता अभ्यासले पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो बनाउन सक्छन् । तर, यही अवसरमा देखिने अनावश्यक खर्च, ऋण लिएर चाड मनाउने प्रवृत्ति, जुवा–तास, मदिराको अत्यधिक सेवन, अन्धविश्वास तथा देखासिकीलाई भने निरुत्साहित गर्नुपर्छ । चाडपर्व मानिसको जीवनलाई सहज र आनन्दमय बनाउनका लागि हुन्, आर्थिक बोझ र सामाजिक विकृति बढाउनका लागि होइनन् । कुनै परम्परा पालना गर्ने वा नगर्ने विषय व्यक्तिगत तथा सांस्कृतिक स्वतन्त्रतासँग जोडिएको हुन्छ । तर अन्धविश्वासलाई सामाजिक प्रगतिसँग जोडेर हेर्न सकिँदैन । दसैँको नाममा गरिने अत्यधिक उपभोग र प्रदर्शनले आर्थिक असमानतालाई झन् उजागर गर्न सक्छ । सम्पन्न परिवारले गर्ने खर्चलाई सामान्य मानेर विपन्न परिवारले पनि त्यही स्तरमा खर्च गर्नु राम्रो होइन । दसैँं आफ्नो क्षमताअनुसार खुसी बाँड्ने पर्व बनाउनुपर्छ । समाजका लागि उपयोगी परम्परालाई संरक्षण गर्दै हानिकारक, अवैज्ञानिक र शोषणकारी अभ्यासलाई परिवर्तन गर्दै लैजानुपर्छ मानिसको भविष्य मानिसकै व्यक्तिगत र सामूहिक ज्ञान, श्रम, विवेक र सङ्घर्षले निर्माण गर्छ । दसैँको अवसरमा परिवारमा प्रेम, समाजमा समानता, व्यवहारमा मानवता र जीवनमा वैज्ञानिक चेतनाको विकास गर्नुपर्छ ।
समाज परिवर्तनशील छ । मानिसको ज्ञान, चेतना र जीवन पद्धति पनि समयसँगै विकसित हुँदै जान्छ । दसैँलाई केवल देवी–देवताको कृपा प्राप्त गर्ने भाग्य बदल्ने वा अदृश्य शक्तिको आश्रय लिने पर्वका रूपमा बुझ्नुको सट्टा यसलाई मानवीय सम्बन्ध, सामाजिक एकता, सांस्कृतिक निरन्तरता र सकारात्मक जीवन चेतनाको पर्वका रूपमा विकास गर्नुपर्दछ । मानिसको सुख–दुःख, सफलता असफलता र भविष्य कुनै अदृश्य शक्तिले मात्र निर्धारण गर्दैन, उसको ज्ञान, श्रम, सीप, अनुभव, आर्थिक अवस्था, सामाजिक व्यवस्था र व्यवहारले त्यसमा महत्वपूर्ण भूमिका खेल्छ ।
यसैगरी मदिरा सेवन र जुवातासले पारिवारिक झगडा र आर्थिक क्षति हुने हुँदा यस्ता गतिविधि रोक्नुपर्छ र रोक्नलाई पहल गर्नुपर्छ । आफ्नो आर्थिक क्षमताभन्दा बढी खर्च गरेर भोजभतेर गर्ने र ऋणमा डुब्ने प्रवृत्ति हटाउनुपर्छ । दसैँंको नाममा कसैलाई जात, लिङ्ग वा आर्थिक अवस्थाका आधारमा ठुलो–सानो व्यवहार गर्नुहुँदैन । बालबालिकाको लागि नयाँ कपडा, महँगा उपहार र भोजका कारण अभिभावकमाथि आर्थिक दबाब सिर्जना गर्ने संस्कार हटाउनुपर्छ । आवश्यकताभन्दा बढी खाना पकाउने, खेर फाल्ने र स्वास्थ्यलाई असर पर्ने गरी खाने प्रवृत्ति कम गर्नुपर्छ । सार्वजनिक स्थानमा जथाभावी बलि र फोहोर गर्ने चलन रोक्ने प्रयास गर्नुपर्छ । रगत, मासु तथा पूजा सामग्री फाल्ने प्रवृत्ति हटाउनुपर्छ ।
Leave a Reply