सूर्यविनायकका शिक्षकहरूले गरे शुभकामना आदानप्रदानसँगै अध्ययन गोष्ठी
- आश्विन २६, २०८३
भक्तपुर, २६ असोज । वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्ट च्याम्हासिंहको संयुक्त आयोजनामा विद्यालयको सभाकक्षमा बडा दसैँ २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सोमाबार सम्पन्न भयो । वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले भक्तपुर नगरलाई हरदृष्टिले नमुनालायक बनाउन सबै उत्तिकै सचेत र सक्रिय हुन आवश्यक भएकोमा जोड दिनुभयो ।
हालै नेपाल सरकारका चार जना वरिष्ठ अधिकृतहरू दिनभर भक्तपुरका विभिन्न शैक्षिक संस्थाहरू अध्ययन अवलोकन गरेर गएको चर्चा गर्दै उहाँले फर्केर जाने बेला आफूहरूले भक्तपुरबाट धेरै सिकेको प्रतिक्रिया दिएको बताउनुभयो । ती अधिकृतहरूको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “तपाईँहरूले संस्थागत विकास गर्नुभएको रहेछ† जहाँ जाँदा पनि एउटै सोच एउटै प्रवृत्ति र समर्पित भावना हामीले पायौँ ।”
यस्तो प्रतिक्रिया एक दुई जनाको मेहनतको फल नभई हामी सबैको साझा प्रयासको प्रतिफल हो भन्दै प्रमुख प्रजापतिले शिक्षक र विद्यार्थीहरूको अनुशासन र देशभक्ति भावना जगाउन नसके भोलि हाम्रो परिश्रम खेर जान सक्नेतर्फ हामी उत्तिकै सचेत हुन आवश्यक छ भन्नुभयो ।
भक्तपुरमा कोही फोहोर व्यवस्थापन मात्र अध्ययन गर्न आउँछन् भने कोही स्वास्थ्य सेवाको क्षेत्र मात्र अध्ययन गर्न आउँछन् भन्दै उहाँले ती अवलोकन गर्न आउनेहरूबाट हामी हाम्रा कमी कमजोरी पनि थाहा पाउँछौँ† हामी उहाँहरूको आलोचनाबाट पाठ सिक्छौँ तर अहिलेको जेनजी सरकार कसैको आलोचना सुन्न तयार छैन बरु सरकार संसद्प्रति समेत उत्तरदायी नभई आफूखुसी हिँड्न लागेको छ, यो प्रजातन्त्रको लागि खतरा छ भन्नुभयो ।
शिक्षक कर्मचारीहरूलाई सरकारले राजनीति गर्न नपाइने भन्दै दिएको चेतावनीको चर्चा गर्दै विगतमा राणा, पञ्च, काङ्ग्रेस, एमालेको सरकारले पनि शिक्षक कर्मचारीलाई राजनीति गर्न रोक लगाएका थिए† त्यसैले यो सरकार पनि पुरानाकै सिलसिला हो भन्दै उहाँले देश र जनताको निःस्वार्थ सेवा गर्ने देशभक्तिपूर्ण राजनीतिलाई कसैले छेक्न नसक्ने ठोकुवा गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्तमान डिजिटल युगमा नयाँ पुस्ता अभ्यस्त भएको चर्चा गर्दै नयाँ पुस्ताका धेरै युवाहरू बैङ्किङ कसुरमा फसेको उदाहरण दिनुभयो । १८–१९ वर्षका युवाहरूकै हातमा करोडौँको लेनदेन कतिको विश्वसनीय हुने हो भन्दै उहाँले सचेत नहुँदा जिन्दगीभर दुःख गरी कमाएको सम्पत्ति क्षणभरमा नै समाप्त हुनसक्ने वा अनावश्यक झन्झटमा फस्न सक्ने हुँदा बडो चनाखो हुन उहाँले आग्रह गर्नुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले चाडपर्वमा मितव्ययिता अपनाउन, मद्यपानमा नियन्त्रित हुन र जुवातासमा कोही नफस्न आग्रहसहित शुभकामना दिनुभयो । सभापति कलेज अफ म्यानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, कलेज प्राचार्य धनकुमार श्रेष्ठ, सहायक प्रअ उकेश सुवाल र कलेजका मानविकी इन्चार्ज राजन फेलुले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
Leave a Reply