भर्खरै :

दसैँका पूजा तथा जात्रा सञ्चालन गर्ने निर्णय

दसैँका पूजा तथा जात्रा सञ्चालन गर्ने निर्णय

भक्तपुर, २६ असोज । यस वर्षको दसैँ मनाउन नवदुर्गाका देवगण, तलेजु मन्दिरका पुजारी र एकान्त कुमारी समूहको संयुक्त बैठक बसेको छ ।
यस वर्ष महाअष्टमी दुई दिन परेको पञ्चाङ्ग निर्णय र पात्रोमा उल्लेखित तिथिका कारण पूजा विधिसम्बन्धी कार्यमा अन्योल सिर्जना भएको देखिएकोले सोही विषयलाई ध्यानमा राखी भक्तपुरस्थित तलेजु भवानी मन्दिरमा नित्यपूजा सम्पन्न भएपछि बैठक बसेको हो । बैठकमा तलेजु मन्दिरका पुजारी, नवदुर्गाका देवगण तथा एकान्त कुमारी समूहका जीवित देवी शाक्यलगायतको सहभागिता रहेको थियो ।
काठमाडौँ पञ्चाङ्ग समितिको निर्णयअनुसार यस वर्षको दसैँका तिथिमितिका आधारमा असोज ३१ गते शनिबार फूलपाती, कार्तिक १ गते आइतबार महाअष्टमी, कार्तिक २ गते सोमबार दिकु, कार्तिक ३ गते मङ्गलबार महानवमी र कार्तिक ४ गते बुधबार विजयादशमी परेको छ ।
बैठकमा नवदुर्गा देवगणका नारायणमान बनमाला, बालगोपाल बनमाला, लक्ष्मीप्रसाद बनमाला, विजयराम बनमाला, नारायणप्रसाद बनमाला र गोविन्द बनमाला, तलेजु मन्दिरका पुजारीहरू पदमलोचन कर्माचार्य, वीरेन्द्रप्रसाद जोशी, प्रगेशराज उपाध्याय र कृष्णभक्त राजभण्डारी तथा एकान्त कुमारी समूहका न्हुछेप्रसाद शाक्य र कुमारी देवी सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *