“गाजाका चिहान खन्नेहरू” – १
- आश्विन २६, २०८३
लघु कथा
एउटै टोलका तीन जना युवा साथीहरू रमेश, दीपक र विनोद सधैँझँै मर्निङ वाक्पछि आराम गर्दै चिया खान चिया पसलमा पसे । उनीहरूले नगरको गल्ली, चोक र बजार बाटोमा सरसफाइ र सजिएको मन्दिर पाटीलगायतका सांस्कृतिक सम्पदा पनि हेर्दै आएका थिए । रमेशले चियाको चुस्की लिएर भने, “आहा ¤ चिया पनि मिठो, बाटो, मन्दिर पाटीहरू पनि राम्रो । यो दसैँ आएको शुभ सङ्केत होला । दसैँको अवसरमा दीपक र विनोद अनि परिवारलाई सुख, सुस्वाथ्यको शुभकामना छ । स्थानीय जनता र नगरपालिका मिलेर नगरलाई दुलही जस्तो कति सफा र सुन्दर बनाएको है । होइन दीपक ?
त्यो त हो, भन्नैप¥यो । चियाको चुस्की लिएर दीपकले भने, त्यो बाटो, पोखरी, मन्दिर, पाटी आदि सफा गर्ने, राम्रो बनाउने सिङ्गार्ने काम त नगरपालिकाको हो । उनीहरू नभए पैसा, ठेकेदार, विदेशी दातालाई गराउने हो । नदुखेको हाम्रो टाउको किन दुखाउने, मेरो पनि तिमीहरूलाई त्यस्तै प्रगति र दीर्घायुको शुभकामना छ । दसैँमा त जाँड, रक्सी र बियर खाएर जुवा–तास खेल्ने हो, रमाइलो गर्ने हो, मोज गर्ने हो । हामी युवाको रचनात्मक, शुभ कार्य भनेको यही त हो नि होइन, विनोद ?
त्यो होइन । विनोदले पनि चियाको चुस्की लिएर भने, ल मेरो पनि सबैलाई शुभकामना छ । भोज तन्न खाएर, जाँड–रक्सी, बियर खाएर जुवा–तास खेल्नु शुभ कार्य होइन† त्यो दसँै होइन दशा हुन्छ । प्यास लाग्यो भन्दैमा विष पिउनु बुद्धिमानी होइन । शरीर, स्वास्थ्य, परिवार र समाजको पनि ख्याल राख्नुपर्छ । हाम्रो ठाउँ अरु आएर सफा गर्दैनन्, बनाइदिँदैनन् । आए पनि बिनास्वार्थले आउँदैन । आफ्नो ठाउँ, नगर सफा गर्ने, सिँगार्ने भनेको हामीले नै हो । त्यसको माया अपनत्व हामीलाई जति हुन्छ, अरुलाई हुँदैन । त्यस्तै वृक्षरोपण, पुस्तक अध्ययन, शुभकामना आदानप्रदान, खेलकुद, सचेतना ¥याली, छलफल, बैठक, सभा, सम्मेलन गरेर सफाइ, स्वास्थ्य, संस्कृति, देश र विदेशको इतिहास, परिवर्तन, घटना आदिबारे शिक्षा लिनु र जनतालाई सचेत पार्नु शुभकार्य हो । यस्तो रचनात्मक काम, शुभकार्य गरेर हामीले दसैँ मनाउनुपर्छ । ल चिया पनि सकियो । मेरो पनि शुभकामना छ भन्दै तीन जना आ–आफ्नो घर गए ।
Leave a Reply