भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
- आश्विन २८, २०८३
भक्तपुर, २८ असोज । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि.ले मङ्गलबार विजयादशमी २०८३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संस्थाको ऋण अनुगमन उपसमितिले आयोजना गरेको एकहप्ते ए.आई. तालिम र महिला तथा बालबालिका उपसमितिले आयोजना गरेको एकदिने दही बनाउने तालिमको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चाडपर्वको बेला बजारमा सरकारले नियमित अनुगमन गर्न नसक्दा खाद्यान्नमा मिसावट बढी पाइएको र व्यापारीहरूले जनताको स्वास्थ्यमा खेलबाड गरिरहेको बताउनुुभयो । आकासिँदो महँगी र दैनिक उपभोग्य वस्तुहरू स्वास्थ्यबद्र्धक पाउन गा¥हो वर्तमान परिवेशमा जनता कसरी बाँच्ने भन्ने चिन्ता भएको पनि उहाँले व्यक्त गर्नुभयो । २०२१ सालमा नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा मोहियानी हक कायम गर्दै किसान आन्दोलन अगाडि बढाएको स्मरण गर्दै उहाँले पार्टीले स्थापनाकालदेखि कामदारवर्गको हक र हितका लागि काम गर्दै आएको धारणा राख्नुभयो ।
दार्शनिकहरूका अनुसार पढेका बुझेकाहरूले नबुझेका जनतालाई सही रूपमा बुझाउँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो । ओली सरकारले जनताको पक्षमा अडान लिन नसक्दा देश आजको अवस्थामा पुगेको र नेपाली जनताले सास्ती भोग्न परिरहेको धारणा व्यक्त गर्दै उहाँले सहिद गङ्गालालले जनताको प्रजातन्त्रको लागि अडान लिँदा जहाँनिया राणा शासकको गोली खाई आफ्नो ज्यानको आहुतिबाट पाठ सिक्नुपर्ने बताउनुभयो । दार्शनिक सुक्रेतले सही विचारलाई फैलाएको स्मरण गराउँदै उहाँले सही विचारको लागि विष खाएर मृत्युवरण गरेको घटना उल्लेख गर्नुभयो । विरोधीहरूले सामाजिक सञ्जालमा नेमकिपाबारे नकारात्मक कुराको भ्रामक सूचना फैलाइरहेको हुँदा सचेत जनताले यसको विरोध गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी वडा नम्बर २ का अध्यक्ष रत्नकाजीले तालिमलाई व्यवहारिक रूपमा उपयोग गर्न सके बेस हुने विचार व्यक्त गर्नुभयो । विद्यालय वा कलेजमा अध्ययनरत आआफ्ना छोराछोरीहरू सही बाटोमा छन् या छैनन् भनी अभिभावकहरूले विचार गर्नुपर्ने हुँदा गलत बाटोमा लागे त्यसलाई सपार्न धेरै समय लाग्ने र समयमै छोराछोरीको बारेमा चासो राख्नु हरेक अभिभावकहरूको दायित्व भएको धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले निम्न आय भएका वर्गको विकास र
उन्नतिका लागि सहकारीले कार्यक्रमहरू गर्दै जानुपर्ने र तालिम प्राप्त सदस्यहरूलाई साना, मझौला व्यापार सञ्चालनमा सहुलियत ब्याजदरमा ऋण दिएर सदस्यहरूको आर्थिक उन्नतिका लागि ध्यान दिनुपर्ने बताउनुभयो । एआई तालिमका प्रशिक्षक एवं सहजकर्ता सुनिल दथेपुथेले एआई भनेको ह्युमन इन्टेलिजेन्सलाई जस्तै एपको उपयोग गरी कसरी सजिलो सस्तो तरिकाले उपयोग गर्ने भन्ने हो भन्नुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालले संस्थाले समय सापेक्ष रूपमा सदस्यहरूका लागि विभिन्न तालिमहरूको आयोजना गर्दै आएको र यसले सामाजिक कार्यमा पनि सक्रियता जनाउँदै आएको जानकारी गराउनुभयो । आ.व. २०८२।०८३ को शेयर लाभांश वितरण असोज २८ गतेदेखि वितरण गर्ने योजना रहेको पनि जानकारी गराउनुभयो ।
संस्थाका सचिव कृष्णप्रसाद सुवालले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा ऋण अनुगमन उपसमितिका संयोजक शिवकृष्ण कोजुले स्वागत गर्दै सदस्यहरूको सीप विकासमा लगानी गर्दै आएको विचार व्यक्त गर्नुुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाको महिला तथा बालबालिका उपसमितिका संयोजक चञ्चल सुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा बाँसुरी बाजा तालिममा सहभागी सांस्कृतिक कलाकारहरू, एआई तालिम र दही बनाउने तालिममा सहभागीहरूलाई प्रमुख अतिथि प्रेम सुवालले प्रमाणपत्र तथा तालिम सहजकर्ताहरूलाई प्रशंसापत्र र मायाको चिनो वितरण गर्नुभएको थियो ।
Leave a Reply